नेपालमा नेपाली सरकार हुनुपर्दछ, विदेशीको सरकार होइन : ओली

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार २१:२४

62
Share
Featured
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपालीकै सरकार हुनुपर्ने भन्दै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको पक्षमा दृढ अडान व्यक्त गरेका छन्।
  • इतिहासदेखि नै संघर्ष, त्याग र बलिदानको निरन्तरता रहेको उल्लेख गर्दै उनले उपलब्धि र संघर्ष सँगसँगै अघि बढिरहेको बताए।
  • नेपाली सरकार चाहने शक्तिहरूमाथि आक्रमण, सरकारी भवन र उद्योग–व्यवसायमा आगजनी भएको आरोप लगाउँदै यस्ता गतिविधिविरुद्ध सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले नेपालमा नेपालीकै सरकार हुनुपर्नेमा जोड दिएका छन् । ४२ औँ ‘पिस्कर सहिद स्मृति’ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले इतिहासदेखि नै संघर्ष, त्याग र बलिदानको परम्परा निरन्तर चलिरहेको बताए ।

अध्यक्ष ओलीले संघर्ष आफूहरूबाट मात्रै सुरु नभएको उल्लेख गर्दै भने,‘इतिहासमा पहिले पनि संघर्ष थियो, अहिले पनि छ । बलिदानको शृङ्खला पहिले पनि थियो, अहिले पनि जारी छ । जनतामाथि आक्रमण र दमनका बीचमा पनि जनताले संघर्ष जारी राख्दै उपलब्धि हासिल गरेका छन् ।’

उनले उपलब्धि र संघर्ष दुवै सँगसँगै अघि बढिरहेको उल्लेख गर्दै अझैपनि त्याग र बलिदान गर्नुपरेको बताए । अध्यक्ष ओलीले वर्तमान राजनीतिक संघर्षको मुख्य विषय नेपालमा नेपालीकै सरकार स्थापना गर्ने रहेको स्पष्ट पारे । उनले नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र भएकाले यहाँ विदेशी होइन, नेपाली सरकार हुनुपर्ने धारणा राखे ।

उनले भने, ‘आजको राजनीति हामीले बुझ्न जरुरी छ । आजको राजनीति र राजनीतिक लडाई दुईवटा कुराको बीचमा छ । पछिको गन्तव्य अर्को होला प्रतिक्रियावादीहरुको । आजको गन्तव्य नेपालमा नेपाली सरकार बन्नु हुँदैन । उनीहरुको कुरा यस्तो छ, अहिले हाम्रो संघर्ष अरु भन्दा पनि नेपालमा नेपालीको सरकार हुनुपर्छ । नेपाल सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो । यो स्वतन्त्र राष्ट्र हो र यहाँ नेपाली सरकार हुनुपर्दछ । विदेशीको सरकार होइन ।’

उनले नेपालीकै सरकार हुनुपर्छ भन्ने शक्तिहरूमाथि आक्रमण भएको आरोपसमेत लगाए । उनले मनोबल कमजोर पार्न व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भवनमा आगजनी गरिएको तथा नेपाली अर्थतन्त्र बलियो हुनुपर्छ भन्ने उद्योग–व्यवसायहरूमा आक्रमण गरिएको बताए ।

अध्यक्ष ओलीले यस्ता गतिविधिविरुद्ध सचेत रहँदै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘नेपालीको सरकार हुनुपर्छ भन्नेहरुको घरहरुमा छानीछानी आगो लगाइयो । त्यस्तो भन्ने राजनीतिक पार्टीहरु जलाइएका छन् । नेपालीकै सरकार भएको हुनाले नेपालीको सरकार हुनुपर्छ भन्नेको मनोबल टुटाउन व्यवस्थापिका भवन आगो लगाउने, कार्यपालिका भवन आगो लगाउने, न्याय पालिका भवन आगो लगाउने, नेपालको राष्ट्रिय अर्थतन्त्र, नेपाली अर्थतन्त्र हुनुपर्छ भन्ने अरुका उद्योगहरु जलाउने काम भए ।’

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

ट्यागहरू

#नेकपा एमाले#सरकार#राजनीति#नेपाल सरकार#राजनीतिक#केपी शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    sajilo patrika

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा दृढ छ, दोषी आफ्नै कार्यकर्ता भए पनि कारबाही हुन्छ : रवि लामिछाने

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

    News Image

    पच्चीस जनाको ज्यान लिएको धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

    News Image

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू