धनुषाका अरगज्जा पोखरीमा संस्कृति भोजको आयोजना

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

78
Share
Featured
  • धनुषाको जनकपुरधामस्थित जानकी चोकमा रहेको ऐतिहासिक अरगज्जा पोखरीमा एक दशकदेखि माघ १ गते सबैका लागि खुला संस्कृति भोज आयोजना हुँदै आएको छ।
  • मिथिला परम्पराअनुसार खिचडी, दही र तिलको लड्डु खाने चलनलाई जगेर्ना गर्दै संस्कृति र पहिचान नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्य यस भोजको मुख्य लक्ष्य हो।
  • राजनीतिक नेता, मेयरदेखि सर्वसाधारण र विपन्न वर्गसम्म जाती, धर्म, पेशा र दल नहेरी एकै ठाउँमा बसेर भोजन गर्ने दृश्यले सामाजिक एकता र सद्भावको सन्देश दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एक दशक देखि धनुषाको जनकपुरधामस्थित जानकी चोकमा रहेको एतिहासिक अरगज्जा पोखरीमा माघ १ गत्ते संस्कृति भोजको आयोजना हुने गरेको छ ।

सुन्दा र हेर्दा अचम्म लाग्ने यो संस्कृति भोज, कुनै जाती, धर्म, पेसा, उमेर, दलको नभई सम्पूर्ण मानवका लागि आयोजना गरिने गरेको संस्कृति भोजका आयोजक एवम जानकी चोकका स्थानीय बिरेन्द्र कर्ण बताउँछन् ।

उनले मिथिला परम्परामा माघ १ गत्ते खिचडी (चामल, दाल, विभिन्न तरकारी हालेर बनाइएको प्रकार), दही, तिलको लड्डु (लाइ) खाने परम्परा रहेको छ । सोही परम्परालाई जीवन्त राख्न र नयाँ पुस्तामा आफ्नो संस्कृति र पहिचान बचाइ राख्नुपर्ने सन्देश दिन संस्कृति भोजको आयोजना गर्ने गरेको बताए ।

यो भोजको मुख्य आकर्षण भनेको यसमा सहभागी हुनेहरु हुन । विभिन्न राजनीतिक दलका पदाधिकारी, विभिन्न पालकिाका मेयर÷उपमेयर, सरकारी निकायका कर्मचारीदेखि सर्वसाधारण रिक्सा चालकदेखि बाटोमा मागेर खानेसम्मको यस भोजमा उपस्थिती देख्न सकिन्छ । त्यसमा पनि एकै ठाउँमा बसेर भोज खाएको दृश्यले सबैको आखाँ तानेको हुन्छ ।

एक दशकदेखिको परम्परालाई निरन्तरता दिँदै आज पनि आयोजना गरिएको यो संस्कृति भोजमा पनि यस्तै दृश्य देख्न पाइएको छ । जनकपुर उपमहानगरपालिकाका मेयरदेखि, विभिन्न राजनीतिक पार्टीका नेता, कार्यकर्ता, सरकारी कर्मचारी, मेधशी आयोगका पूर्व अध्यक्षलगायतका व्यक्तिहरुको उपस्थिती र एकै ठाउँमा बसेर भोज खाएको दृश्य अतिनै दुर्लभ रहेको थियो ।

यस भोजमा को कुन पार्टीको हो, को कुन जातीको हो, को कुन धर्मको हो र को कुन पेशामा आवद्ध छ त्यसलै कुनै फरक पर्दैन । तराई मधेशका ग्रामिण भेगमा अहिले पनि कुनै भोज भतेर हुँदा सम्पूर्ण गाउँवासी एकै ठाउँमा भुईँमै बसेर खाने गर्छन। सोही परम्परालाई जीवन्त दिन यो संस्कृति भोज गर्ने गरेको आयोजक कर्णको भनाई छ । पश्चिमी सभ्यताको असरले आफ्नौ मौलिक संस्कृति र परम्परा हराउँदै गएको बेला जानकी चोकका स्थानीयवासीले गरेको यो प्रयत्नको प्रशंसा धनुषाभरि हुने गरेको छ ।

यो समाचारमा

धनुषाजनकपुर उपमहानगरपालिकाजनकपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...