देश संविधानले र पार्टी विधानले चल्नुपर्छ : विश्वप्रकाश शर्मा

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

47
Share
Featured
  • उपसभापति विश्वप्रकाश शर्माले देश संविधानले र पार्टी विधानले चल्नुपर्ने स्पष्ट धारणा व्यक्त गरे।
  • सभापति गगन थापालाई ‘कमाण्डर’ भन्दै सम्पूर्ण पार्टी पंक्ति एउटै मनोविज्ञान र तयारीका साथ अघि बढ्नुपर्ने बताए।
  • पार्टीभित्र विनम्रता, एकता र आन्तरिक आलोचनालाई जनतामाझ आशामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले देश संविधानले र पार्टी विधानले चल्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन् ।

उपसभापतिमा निर्वाचित भएपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले संविधान र विधानले देश र पार्टी चल्ने बताएका हुन् ।

उनले भने, ‘देश संविधानले चल्छ । देशले संविधानको बाटो छाड्यो भने वेथितीमा पुग्छ । पार्टीले विधानको बाटो छाड्यो भने पार्टी पनि अप्ठेरोमा पर्छ । त्यसैले यस विषयमा हामी स्पष्ट छौँ ।’

नवनिर्वाचित सभापति गगन थापालाई ‘कमाण्डर’को संज्ञा दिँदै शर्माले नेतृत्व मात्र होइन, सम्पूर्ण पार्टी पंक्ति एउटै मनोविज्ञान र तयारीका साथ अघि बढ्नुपर्ने बताए ।

गगन थापालाई हामीले कमाण्डर बनाएका छौ तर कुनैपनि युद्धमा विजय हासिल गर्नलाई कमाण्डर दरिलो ढङगले उभिदै गर्दा पुरै सेना पनि उही तयारीका साथ उही मनोविज्ञानका साथ उभिनुपर्छ,’उनले भने ।

विशेष महाधिवेशनपछि सबै प्रतिनिधिहरू विशेष जिम्मेवारी लिएर फर्किनुपर्ने उल्लेख गर्दै शर्माले पार्टीभित्र विनम्रता, आत्मीयता र आपसी सम्मानको संस्कार आवश्यक रहेको बताए ।

‘तपाई हामी प्रत्येक साथी आजका मितिबाट विशेष महाधिवेशनबाट फर्किदै गर्दा विशेष जिम्मेवारी पनि लिएर फर्किदैछौ । नबिर्सिनुहोला हामीले हाम्रा पार्टीका साथीहरुसँग विनम्र र हार्दिक व्यवहार गर्नुपर्छ,’ उनले भने ।

महाधिवेशनपछि कारबाहीको विषय उठेको सन्दर्भमा उनले निर्वाचन आयोग स्वयं जानकार रहेको दाबी गरे ।

शर्माका अनुसार विशेष महाधिवेशनको बन्दसत्रले निर्वाचन प्रक्रिया सुरु गर्नुअघि बनाएको कार्यविधि तयार पार्दा केन्द्रीय कार्यसमिति विघटन भइसकेको अवस्था थियो।

नेपाली कांग्रेसको संघर्षशील इतिहास स्मरण गर्दै शर्माले पार्टीको शक्ति आलोचना र चुनौतीलाई अवसरमा बदल्ने क्षमतामा रहेको बताए ।

‘विघटन भइसकेपछि बैठक बसेर हामीलाई कारबाही गरिँदाकेवल हास्न मात्र सक्छौ, मुस्कुराउन मात्र सक्थ्यौँ । कांग्रेस त्यो हो जसले अरुले हानेका ढुङगाहरु टिपेर महल बनाउन सक्छ,’ उनले भने ।

शर्माले पार्टीभित्रको आलोचना र गुनासोलाई त्यहीँ सीमित राख्दै संगठनलाई गाउँ–गाउँसम्म ऊर्जा र उत्साहका साथ लैजानुपर्ने आवश्यकता औँल्याए। ‘कांग्रेसले कांग्रेससँगको आलोचना र गुनासो छोडेर जनतामाझ आशा लिएर जानुपर्छ,’ उनको भनाइ थियो ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँगगन थापाविश्वप्रकाश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...