राजनीतिमा संलग्न कलाकारहरूले राम्रो काम गर्न सके त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ : अभिनेता प्रमोद अग्रहरी

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

146
Share
Featured
  • अभिनेता प्रमोद अग्रहरीले भाइरल संस्कृतिभन्दा निरन्तर मेहनत र काममै केन्द्रित भएर अघि बढ्न रुचाउने बताउँदै आफू भाइरल ट्रेन्ड नफलो गर्ने स्पष्ट पारे।
  • दर्शक र फ्यानहरूले आफ्नो अभिनयकै कारण माया गरिरहेको विश्वास व्यक्त गर्दै उनले बोलाइभन्दा काममार्फत चिनिन चाहेको धारणा राखे।
  • कलाकारको सामाजिक जिम्मेवारी औँल्याउँदै अग्रहरीले पार्टीको झन्डाभन्दा राष्ट्रको झन्डामुनि हिँड्न चाहने र देशको अवस्था, इतिहास र प्रणाली बुझेर काम गर्नुपर्ने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अभिनेता प्रमोद अग्रहरीले आफू भाइरल हुने कुराभन्दा पनि निरन्तर मेहनत र काममै केन्द्रित भएर अघि बढ्न रुचाउने बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भाइरल संस्कृतिलाई व्यक्तिगत रुचिको विषय भन्दै आफू त्यसलाई फलो नगर्ने स्पष्ट पारे ।

उनले भने, ‘म चाहिँ त्यस्ता कुराहरूलाई फलो गर्दिनँ । जसलाई त्यो चिज मजा आउँछ, उहाँहरूले गर्नुभयो । सायद उहाँहरूका लागि राम्रो पनि होला । तर मलाई चाहिँ ठह्रिएको, विस्तारै काम गर्दै अघि बढ्ने शैली मन पर्छ । भाइरल भन्ने कुरा आ–आफ्नो विचार हुन् । म चाहिँ कामले बोलोस् भन्ने मान्छे हुँ ।’

अग्रहरीले दर्शक र फ्यानहरूले आफ्नो कामकै कारण माया गरिरहेको विश्वास व्यक्त गर्दै आफू बोल्नुभन्दा पनि अभिनय र काममार्फत चिनिन चाहेको बताए । कुराकानीका क्रममा उनले कलाकारको सामाजिक जिम्मेवारीबारे पनि धारणा राखे । कलाकार केवल अभिनयमा सीमित नहुने भन्दै समाज र राष्ट्रप्रति दायित्व निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

राजनीतिमा संलग्न कलाकारहरूले राम्रो काम गर्न सके त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्दै अग्रहरीले हल्लाको पछि लाग्नुभन्दा देशको वर्तमान अवस्था, इतिहास र परिस्थितिलाई बुझेर काम गर्नु जरुरी रहेको बताए । उनले भने, ‘हाम्रो राष्ट्रिय अवस्था राम्रो हुनुपर्यो । सिस्टम राम्रो हुनुपर्यो । सबैले खुल्ला सास फेर्न पाउनुपर्यो । त्यसका लागि अनुभव र बुझाइ ठूलो कुरा हो ।’

आफ्नो राजनीतिक दृष्टिकोण स्पष्ट पार्दै अग्रहरीले आफू कुनै पार्टीको झन्डाभन्दा राष्ट्रको झन्डामुनि हिँड्न चाहने व्यक्ति भएको बताए । ‘म पार्टीको झन्डाभन्दा पनि राष्ट्रको झन्डा मुनि हिँड्न मन पराउने मान्छे हुँ,’ उनले भने ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...