महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी दर्ता

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

39
Share
Featured
  • भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सभापतिमा गगन थापाको एकल उम्मेदवारी, महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मनोनयन।
  • सभापति शेरबहादुर देउवासँगको सहमतिको वार्ता असफल भएपछि उम्मेदवारी प्रक्रिया अघि बढाइएको।
  • उम्मेदवारहरूको अन्तिम नामावली आज दिउँसो १ बजे सार्वजनिक गरिने तयारी।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी दर्ता भएको छ। निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा गगन थापाको एकल उम्मेदवारी परेको छ भने महामन्त्रीका लागि विश्वप्रकाश शर्माप्रदिप पौडेलले मनोनयन दर्ता गराएका छन्।

बुधबार बिहान सभापति शेर बहादुर देउबासँग भएको सहमतिको वार्ता विफल भएपछि उनीहरूले उम्मेदवारी प्रक्रिया अघि बढाएका हुन्। देउवासँगको छलफल निष्कर्षविहीन भएपछि थापा र शर्मा अहिले कानुनविद्हरूसँग परामर्शमा जुटेका छन्।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली आज दिउँसो १ बजे सार्वजनिक गरिने तयारी छ। उम्मेदवारी दर्तासँगै कांग्रेसभित्रको आन्तरिक राजनीति थप रोचक मोडमा पुगेको छ।

यो समाचारमा

प्रदिप पौडेलनेपाली काँग्रेसकाठमाडौँविश्वप्रकाश शर्मा
गगन थापा5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...