थारु समुदायको 'जिता पर्व'का अवसरमा सुदूरपश्चिममा आज बिदा

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

43
Share
Featured
  • सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको 'जिता पर्व'को अवसरमा पुस ३० गते प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ।
  • थारु समुदायले माघी पर्वको सुरुवातका रूपमा पुसको अन्तिम दिन सामूहिक रूपमा 'जिता' (बंगुर) मारेर पर्व मनाउने गर्दछन्।
  • माघीलाई नयाँ वर्षका रूपमा मनाउने प्रचलनका कारण पुस ३० देखि माघ २ सम्म विशेष उत्साहका साथ पर्व मनाइन्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको 'जिता पर्व'को अवसरमा आज पुस ३० गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ। थारु समुदायले माघी पर्वको सुरुवातका रूपमा पुसको अन्तिम दिन सामूहिक रूपमा 'जिता' (बंगुर) मारेर यो पर्व मनाउने गर्दछन्।

थारु समुदायमा माघीलाई नयाँ वर्षका रूपमा मनाइने प्रचलन छ। माघ १ गते राष्ट्रिय पर्वका रूपमा देशभर बिदा हुने भए पनि सुदूरपश्चिम प्रदेश सरकारले थारु संस्कृतिको विशेष महत्त्वलाई ध्यानमा राख्दै पुस ३० गतेलाई पनि राजपत्रमै बिदाको रूपमा उल्लेख गरेको हो। यो पर्व पुसको अन्तिम दिनदेखि माघ २ गतेसम्म विशेष उत्साहका साथ मनाइन्छ।

यो समाचारमा

काठमाडौँसुदूरपश्चिम प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    काठमाडौं । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० मा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया पारु सुनारको बिहीबार बिहान मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो सामान्य विवादका क्रममा श्रीमान रन बहादुरले पारुमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी उनको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...