त्रिशूलीमा भेटिएको बस डेढ वर्षअघि बेपत्ता भएको 'गणपति डिलक्स' भएको पुष्टि

Author

सजिलो पत्रिका

२०८२ पुस २९, मङ्गलबार

65
Share
Featured
  • त्रिशूली नदीमा फेला परेको बस डेढ वर्षअघि पहिरोले बगाएको ‘गणपति डिलक्स’ भएको पुष्टि भएको छ।
  • २०८१ असार २८ गते सिमलतालमा दुई बस पहिरोमा परेर त्रिशूलीमा खस्दा ६५ यात्रुमध्ये ६२ जना बेपत्ता भएका थिए।
  • लामो खोजीपछि बस फेला परेको हो, बस निकाल्ने काम र अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

त्रिशुली नदीमा हालै फेला परेको बस डेढ वर्षअघि पहिरोले बगाएर बेपत्ता भएको 'गणपति डिलक्स' नै भएको पुष्टि भएको छ । आइतबार बिहान नदीमा केही भाग देखिएपछि नेपाल प्रहरी, नेपाल प्रहरीसशस्त्र प्रहरी बलको टोलीले उत्खनन गर्दा 'गणपति डिलक्स' लेखिएको भाग फेला परेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उक्त बस २०८१ असार २८ गते सिमलतालबाट पहिरोले बगाएको बागमती प्रदेश ०३-०११ ख २४९५ नम्बरको गणपति बस नै भएको पुष्टि गरे ।

डेढ वर्षअघि भएको सो दुर्घटनामा काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्स गरी दुई बस त्रिशूलीमा खसेका थिए । दुवै बसमा सवार ६५ यात्रुमध्ये ३ जनाले मात्र ज्यान जोगाएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।

दुर्घटनापछि २६ जनाको शव फेला परे पनि बाँकी यात्रु र बस बेपत्ता थिए । लामो खोजीपछि नदीको पारिपट्टि बस फेला परेको हो । बस निकाल्ने कार्य जारी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

काठमाडौँत्रिशुली नदीबागमती प्रदेशनेपाल प्रहरी
सशस्त्र प्रहरी बल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...