प्रचण्ड र माधव नेपालले लिए शपथ, २४९९ केन्द्रीय सदस्यलाई शपथ खुवाइँदै

Author

सजिलो पत्रिका

२०८२ पुस २९, मङ्गलबार

59
Share
Featured
  • नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
  • शपथमा पार्टीको सिद्धान्त, नीति पालना, एकता जोगाउने र नैतिक आचरण कायम गर्ने प्रतिबद्धता जनाइएको छ।
  • माओवादी केन्द्र र एकीकृत समाजवादीसहित बनेको पार्टीका २,४९९ केन्द्रीय सदस्यलाई पनि शपथ खुवाउने कार्यक्रम रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई पार्टीका ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईँले शपथ गराएका हुन् ।

शपथ ग्रहणका क्रममा उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् । साथै, पार्टी एकता जोगाउने, स्वच्छ र नैतिक आचरणयुक्त जीवन बिताउने तथा सबैखाले गलत विचार र व्यवहारविरुद्ध लड्ने प्रतिबद्धता जनाएका छन् ।

तत्कालीन नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतका दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका २४९९ जना केन्द्रीय सदस्यहरूलाई पनि आजै शपथ खुवाउने कार्यक्रम रहेको छ ।

यो समाचारमा

पुष्पकमल दाहालनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)नेपाली कम्युनिष्ट पार्टीमाधवकुमार नेपाल
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...