थारु राष्ट्रिय माघी महोत्सव २०८२ पुस ३० र माघ १ गते टुँडिखेलमा

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

58
Share
Featured
  • थारु कला, संस्कृति र पहिचानको संरक्षण तथा संवर्द्धनका लागि थारु राष्ट्रिय माघी महोत्सव–२०८२ आगामी पुस ३० र माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुँदैछ।
  • महोत्सवमा थारु सांस्कृतिक झाँकी, मौलिक नृत्य–गीत, परम्परागत खानपान, हस्तकला तथा पुस्तक प्रदर्शनीसहित विभिन्न सांस्कृतिक कार्यक्रम र सम्मान समारोह समावेश गरिएका छन्।
  • माघ १ गते दिउँसो १२ बजे प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा उद्घाटन हुने महोत्सवमा करिब १०० स्टल रहने र दुई दर्जनभन्दा बढी सांस्कृतिक प्रस्तुति हुनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

थारु कला, संस्कृति र पहिचानको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यसहित थारु राष्ट्रिय माघी महोत्सव–२०८२ आगामी पुस ३० र माघ १ गते (बुधबार र बिहीबार) काठमाडौंको टुँडिखेलमा आयोजना हुने भएको छ ।

‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र संवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारा सहित थारु कल्याणकारिणी सभा केन्द्रीय समितिको संयोजनमा ३० वटा थारु संघ–संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीका अनुसार माघी पर्व थारु समुदायको महान पर्व मात्र नभई नयाँ वर्ष, सामाजिक एकता, स्वतन्त्रता र आत्मपहिचानको प्रतीक हो । माघी पर्व थारु समुदायले मेचीदेखि महाकालीसम्म विभिन्न नाम र परम्पराअनुसार मनाउँदै आएको उनले बताए ।

महोत्सवमा थारु सांस्कृतिक झाँकी, मौलिक नृत्य तथा गीत, थारु खानपान प्रदर्शनी, हस्तकला र पुस्तक प्रदर्शनी, मोटरसाइकल -याली, ‘जिता मर्ना’ कार्यक्रम तथा विभिन्न क्षेत्रमा योगदान पु¥याएका थारु व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएका छन् ।

थारु समुदायका परम्परागत परिकार ढिक्री, खिचरी, अन्डिक भात, तिलको लड्डु, जाँड, माछा, सुँगुरको मासु, सिधरा, आलु–सिन्की, काथ्या रोटीलगायतका परिकार महोत्सवमा सर्वसुलभ मूल्यमा उपलब्ध हुनेछन् ।

महोत्सवमा करिब १०० वटा स्टल रहनेछन् भने थरुहट तराईका विभिन्न जिल्लाबाट मघौटा, सखिया, झुमा, हुर्दगंवा, होरी, बडोनाचलगायत दुई दर्जनभन्दा बढी सांस्कृतिक प्रस्तुति हुने आयोजकले जनाएको छ ।

महोत्सवको माघ १ गते दिउँसो १२ बजे नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा भव्य उद्घाटन हुने कार्यक्रम छ । महोत्सव सफल बनाउन करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रचार–प्रसारका लागि गोरखापत्रको नयाँ नेपाल थारु भाषा पृष्ठसहित विभिन्न अनलाइन तथा डिजिटल मिडियालाई आधिकारिक मिडिया बनाइएको आयोजकले जानकारी दिएको छ ।

आयोजक समितिले महोत्सवलाई सभ्य र भव्य बनाउन सञ्चारकर्मी, आदिवासी जनजाति, युवा, महिला, विद्यार्थी, व्यवसायी र सर्वसाधारणलाई सहभागी हुन आह्वान गरेको छ ।

यो समाचारमा

सुशीला कार्कीसुँगुरकाठमाडौँमाछा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...