राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

82
Share
Featured
  • नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि आज २५ अर्ब रुपैयाँ बराबरको १ वर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ जारी गर्दैछ।
  • ऋणपत्रमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बोलकबोलमार्फत आज दिउँसो २ बजे सहभागिता जनाउन सक्नेछन्।
  • ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र यो कदम वित्तीय प्रणालीमा तरलता सन्तुलन कायम गर्न लिइएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ नामक १ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुने राष्ट्र बैंकले जनाएको छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ । ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन् ।

बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था गरिएको छ र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । ऋणपत्रको अन्तिम ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ । बोलकबोल आज दिउँसो २ बजे अनलाइन माध्यमबाट हुनेछ ।

आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलमा प्रस्तावित ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले तोकेको बाँडफाँट रकमसम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गरिनेछ ।

सो एकल ब्याजदरमा उक्त दर तथा सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सहभागीहरूलाई नेपाल राष्ट्र बैंकले ऋणपत्र बिक्री गर्ने जनाएको छ । केन्द्रीय बैंकका अनुसार यो कदम वित्तीय प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्दै मौद्रिक व्यवस्थापनलाई सन्तुलित राख्ने उद्देश्यले लिइएको हो ।

यो समाचारमा

काठमाडौँनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...