रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

60
Share
Featured
  • रिज लाइन इनर्जी लिमिटेडको आईपीओमा आयोजना प्रभावित स्थानीयका लागि आवेदन दिने आज अन्तिम दिन हो, पुस १३ गतेदेखि आईपीओ खुला गरिएको थियो।
  • गोरखा र लमजुङका तोकिएका स्थानीय बासिन्दाका लागि प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख ८५ हजार कित्ता साधारण शेयर छुट्याइएको छ, न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।
  • कम्पनीले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना २०८० माघ ८ गतेदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको छ र विद्युत राष्ट्रिय प्रसारण लाइनमा बिक्री भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रिज लाइन इनर्जी लिमिटेडको प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि कम्पनीले पुस १३ गतेदेखि आईपीओ खुला गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । यसमध्ये प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ८५ हजार कित्ता साधारण शेयर (११ करोड ८५ लाख रुपैयाँ बराबर) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ । सो आईपीओमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सबै वडाका बासिन्दा तथा लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिकाको वडा नं. १, २ र ३ तथा दोर्दी गाउँपालिकाको वडा नं. ४, ५ र ६ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । रिज लाइन इनर्जी लिमिटेडले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ । सो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि ३० वर्ष ११ महिना बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना तथा डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ । उक्त जलविद्युत आयोजना २०८० माघ ८ गतेदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको हो र उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरी बिक्री भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले रिज लाइन इनर्जीको आयोजना कार्यालय, गोरखा, प्रभु क्यापिटल लिमिटेड, कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन आवेदन प्रणाली मार्फत पनि आवेदन दिन सकिनेछ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...