सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको २ लाख ७४ हजार ७०० पुग्यो

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

89
Share
Featured
  • नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २,७४,७०० रुपैयाँ पुगेको छ, जुन ऐतिहासिक उच्च स्तर हो।
  • आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला ४,१०० रुपैयाँले वृद्धि भएको छ।
  • चाँदीको मूल्य पनि नयाँ रेकर्ड कायम गर्दै प्रतितोला ५,१९५ रुपैयाँ पुगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली बजारमा आज सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो ।

आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ४,१०० रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचारमा

काठमाडौँसुनचाँदी ब्यवसायी महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...