देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

62
Share
Featured
  • नेतृत्वमाथि कडा आलोचना: सुनिल शर्माले सभापति शेरबहादुर देउवा र केन्द्रीय नेतृत्वले कार्यकर्ताको भूमिका अवमूल्यन गरेको आरोप लगाए।
  • कांग्रेसको विचारधारा: उनले कांग्रेस हिंसा र झगडामा होइन, बुद्धको मध्यमार्गी विचार, नीति र सिद्धान्तमा विश्वास गर्ने पार्टी भएको बताए।
  • लोकतान्त्रिक नेतृत्व चयनको आग्रह: देउवाको योगदानको सम्मान गर्दै शर्माले जिम्मेवारीपूर्वक निर्णय लिन, महाधिवेशनमा उपस्थित हुन र लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्न आग्रह गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता सुनील कुमार शर्माले पार्टी नेतृत्वमाथि कडा प्रश्न उठाएका छन् । आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै शर्माले सभापति शेर बहादुर देउबा र केन्द्रीय समितिका नेताहरूले कार्यकर्ताको भूमिकालाई अवमूल्यन गरेको आरोप लगाए ।

टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत कार्यक्रम हेरिरहेका नेताहरूलाई लक्षित गर्दै उनले पूर्वदेखि पश्चिम र दार्चुलादेखि ताप्लेजुङसम्मबाट आएका कार्यकर्ता तथा नेताहरूको अनुहारले गिज्याइरहेको छ कि छैन भन्ने प्रश्न गरे ।

शर्माले नेपाली कांग्रेस बुद्धका सन्तान भएको उल्लेख गर्दै पार्टीले हिंसा र झगडामा होइन, मध्यमार्गी विचार, सिद्धान्त र नीतिमा विश्वास गर्ने स्पष्ट पारे ।

उनले भने, ‘टेलिभिजन या फेसबुकमा लाईभ हेर्दै हुनुहुन्छ होला, हामी सभापति शेरबहादुर देउवादेखि केन्द्रीय समितिमा ज–जसले साथीहरुको मासुम अनुहारहरुको अवमूल्यन गर्नुभयो । उहाँहरुलाई हामी यहाँबाट प्रश्न सोध्न चाहन्छौं पूर्वदेखि पश्चिमसम्म र दार्चुलादेखि ताप्लेजुङसम्म आएका क्रियाशीलदेखि देखी केन्द्रीय नेताहरु र महामन्त्रीद्धयहरुको यो मासुम अनुहारले तपाईंहरुलाई गिज्याईरहेको छ की छैन ? हामी बुद्धका सन्तान हौं । हामी मारकाटमा विश्वास गर्दैनौं, हामी झगडामा विश्वास गर्दैनौं । हाम्रो क्यारेक्टर, हाम्रो सिद्धान्त, नीति, विचार मध्यमार्गी बाटो हो।’

सभापति देउवाप्रति लक्षित गर्दै शर्माले उनको ऐतिहासिक योगदानको सम्मान गरे पनि अब जिम्मेवारीपूर्वक निर्णय लिन आग्रह गरे । देउवालाई ‘पिता समान नेता’ भन्दै उनले उमेर र समयको सन्दर्भ उल्लेख गर्दै कार्यकर्ताको भावनालाई ख्याल गर्नुपर्ने बताए ।

उनले सभापति देउवालाई महाधिवेशन हल उद्घाटन उपस्थित हुन आग्रह गर्दै नेतृत्व चयनका लागि विभिन्न विकल्प खुला रहेको बताए । ‘तपाईंलाई अब उमेरका कारणले माथिबाट बोलाइरहेका बेलामा आफ्ना कार्यकर्ता हिजो जसले तपाईंलाई भोट हाल्यो, हिजो जसले तपाईंलाई सभापति बनायो र पटक पटक जसले सत्तामा पुर्यो अब त्यो रोइलो छोडेर भोलि बिहान हल उद्घाटन गर्न आउनुुस् । पहिलो विकल्प तपाईं आफैं चुनावमा उठ्नुहोस्, जसले हारेपनि लोकतन्त्र र प्रजातन्त्रले जित्छ,’ शर्माले भने ।

चुनावमा हार्ने नेताहरूलाई समेत फूलमाला लगाएर सम्मानपूर्वक घरसम्म पु-याउने पार्टी संस्कार रहेको उनको भनाइ थियो ।

यो समाचारमा

शेर बहादुर देउबाताप्लेजुङकाठमाडौँनेपाली काँग्रेस
दार्चुला5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...