रास्वपा सहमहामन्त्री विपिन आचार्यले पनि समानुपातिकबाट नाम फिर्ता लिए

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

60
Share
Featured
  • रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिए, जहाँ उनी खसआर्य क्लस्टरको पहिलो नम्बरमा थिए।
  • समानुपातिकतर्फ आकांक्षीको संख्या बढेपछि पार्टीका अन्य गतिविधिमा सक्रिय हुन नाम फिर्ता लिएको स्रोतको भनाइ छ।
  • यसअघि पनि डा. अरनिको पाँडे, मोहना अन्सारीलगायत एक दर्जनभन्दा बढी नेताहरूले बन्दसूचीबाट नाम फिर्ता लिइसकेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिकको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । पार्टीले उनलाई खसआर्य क्लस्टरको पहिलो नम्बरमा सिफारिस गरेको थियो ।

रास्वपा स्रोतका अनुसार, समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको संख्या बढेपछि पार्टीका अन्य गतिविधिमा सक्रिय हुनका लागि उनले आफ्नो नाम फिर्ता लिएका हुन् ।

रास्वपामा समानुपातिक सूचीबाट नाम फिर्ता लिनेहरूको संख्या बढ्दो छ । यसअघि डा. अरनिको पाँडे, मोहना अन्सारी, त्रिशला गुरुङ, आसिफ साह, टासी शेर्पा लगायत एक दर्जनभन्दा बढीले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिइसकेका छन् ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...