कर्णालीमा झण्डै १० हजार म्यादी प्रहरीको माग, सुर्खेतमा सबैभन्दा बढी

Author

सजिलो पत्रिका

२०८२ पुस २६, शनिबार

63
Share
Featured
  • आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा ९,७४३ जना म्यादी प्रहरी माग गरिएको छ।
  • सबैभन्दा बढी सुर्खेत (१,६२८) र सबैभन्दा कम हुम्ला (५४९) मा म्यादी प्रहरी आवश्यक पर्नेछ।
  • इच्छुक व्यक्तिले पुस २५–माघ १ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सक्नेछन्; देशभर कुल १,४९,०९० म्यादी प्रहरी भर्ना गरिने योजना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा नौ हजार ७४३ जना म्यादी प्रहरीको माग गरिएको छ । प्रदेशका १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्रको सुरक्षाका लागि उक्त संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार, सबैभन्दा बढी सुर्खेत जिल्लामा १,६२८ र सबैभन्दा कम हुम्ला जिल्लामा ५४९ जना म्यादी प्रहरी माग गरिएको छ ।

इच्छुक व्यक्तिले पुस २५ गतेदेखि माघ १ गतेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदाको दिन पनि दरखास्त बुझ्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

सरकारले देशभरको निर्वाचन सुरक्षाका लागि कुल एक लाख ४९ हजार ९० जना म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ ।

यो समाचारमा

सुर्खेतकर्णाली प्रदेशकाठमाडौँहुम्ला
प्रतिनिधि सभा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...