कुलमान घिसिङ 'उज्यालो नेपाल पार्टी' को अध्यक्षमा नियुक्त

Author

सजिलो पत्रिका

२०८२ पुस २६, शनिबार

53
Share
Featured
  • रास्वपासँगको एकता प्रक्रिया भाँडिएपछि कुलमान घिसिङ ‘उज्यालो नेपाल पार्टी’को अध्यक्ष नियुक्त भएका छन्।
  • पार्टी प्रवक्ता डा. राजु थापाका अनुसार यसअघि अध्यक्ष रहेका अनुप उपाध्यायलाई हटाउँदै नेतृत्व परिवर्तन गरिएको हो।
  • नयाँ नेतृत्व र आगामी कार्यदिशाबारे जानकारी दिन आज साँझ ६ बजे त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना हुँदैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कुलमान घिसिङ 'उज्यालो नेपाल पार्टी' को अध्यक्षमा नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया भाँडिएलगत्तै उज्यालो नेपाल पार्टीले नेतृत्व परिवर्तन गर्दै घिसिङलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

पार्टीका प्रवक्ता डा. राजु थापाले घिसििङलाई अध्यक्षमा नियुक्त गरिएको पुष्टि गरेका छन् । यसअघि निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अनुप उपाध्याय अध्यक्ष थिए ।

पार्टीको आगामी कार्यदिशा र नेतृत्व परिवर्तनबारे औपचारिक जानकारी दिन आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । नवनियुक्त अध्यक्ष घिसिङले सोही सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीउज्यालो नेपाल पार्टीकुलमान घिसिङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...