नीति निर्माणका लागि स्वदेशमै तथ्याङ्क उत्पादन आवश्यक : अर्थमन्त्री खनाल

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

36
Share
Featured
  • अर्थमन्त्री रामेश्वर खनालले ‘नेशनल ट्रान्सफर एकाउण्ट’ र गरिबी लघुक्षेत्र अनुमान प्रतिवेदन नीति निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताए।
  • आवश्यक तथ्याङ्कको अभावमा प्रभावकारी नीति निर्माण कठिन हुने हुँदा राष्ट्रिय तथ्याङ्क कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्ने औंल्याए।
  • सरकार तथ्याङ्क कार्यालयको क्षमता विकासका लागि स्रोत उपलब्ध गराउन सधैं प्रतिबद्ध रहेको खनालले स्पष्ट पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन तथा ‘नेशनल ट्रान्सफर एकाउण्ट’ प्रतिवेदनले नीति निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताएका छन् ।

शुक्रबार आयोजित सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले ‘नेशनल ट्रान्सफर एकाउण्ट’ सबैका लागि नयाँ प्रकारको तथ्याङ्क भएको उल्लेख गर्दै यो केही समयदेखि पेन्डिङमा रहेको बताए । उनले आवश्यक तथ्याङ्कको अभावमा प्रभावकारी नीति निर्माण गर्न कठिन हुने भन्दै तथ्याङ्क उत्पादनमा राष्ट्रिय तथ्याङ्क कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

‘यस्ता राष्ट्रिय महत्वका नीति निर्माणका लागि आवश्यक तथ्याङ्क हामी आफैं आत्मनिर्भर भएर नेपालमै तयार गर्नुपर्छ,’ उनले भने ।
यसअघि राष्ट्रिय आर्थिक तथ्याङ्क जापान सरकारको सहयोगमा तयार गरिएको स्मरण गर्दै उनले अब स्वदेशमै क्षमता विकास गरेर तथ्याङ्क उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘नेशनल ट्रान्सफर एकाउण्ट’ हामी सबैको लागि नयाँ तथ्यांक हो । यो केही समयदेखि पेन्डिङमा रहेछ । तथ्यांक भयो भने असल नीतिहरु निर्माण गर्न सक्दैनौं । क्षमता विकास गर्नको निम्ति राष्ट्रिय तथ्याङ्क कार्यालयले नेतृत्व भूमिका खेल्नेछ । यस्ता किसिमका राष्ट्रिय महत्वका नीति निर्माण गर्नुपर्ने आवश्यक तथ्यांकहरु हामी आफैं आत्मनिर्भर भएर नेपालमै निर्माण गर्नुपर्छ भन्ने क्रममा राष्ट्रिय आर्थिक तथ्याङ्क यो भन्दा अगाडि जापान सरकारको सहयोगमा गरिएको रहेछ ।’

अर्थमन्त्री खनालले विकास योजनाको कार्यान्वयन र नीतिगत सुधारका लागि आवश्यक तथ्याङ्क तयार गर्ने सामथ्र्य राष्ट्रिय तथ्याङ्क कार्यालयले बढाउँदै लैजानुपर्ने बताए । साथै, कार्यालयको क्षमता विकासका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार सधैं प्रतिबद्ध रहने पनि उनले स्पष्ट पारे ।

उनले भने, ‘हामीले सम्पन्न गर्नुपर्ने र नीतिगत सुधार गर्नुपर्ने विकास योजनाका निम्ती तयार गर्नुपर्ने तथ्यांकहरु तयार गर्ने सामथ्र्य निर्माण गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले जानुपर्छ । यहाँहरुको सामथ्र्य विकास गर्नको निम्ती आवश्यक पर्ने स्रोतको निम्ती हामी सधैं प्रतिबद्ध छौं ।’

यो समाचारमा

रामेश्वर खनालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...