पकरबास–गोगनपानी–गाल्पा सडकको निर्माणकार्य तीव्र

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

41
Share
Featured
  • पकरबास–गोगनपानी–गाल्पा १० किमी सडकको ४.२ किमी भाग कालोपत्रे सम्पन्न भई बाँकी खण्डको पिच सुरु हुने तयारी छ।
  • पिच करिब ४०% र संरचनागत काम ६०% भन्दा बढी सम्पन्न भएको छ, यसै आर्थिक वर्षभित्र काम सक्ने लक्ष्य छ।
  • ढिलाइपछि कामले गति लिँदा स्थानीयमा आशा बढेको छ भने प्रदेशस्तरबाट गुणस्तर अनुगमन र निर्देशन गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रामेछापको खाँडादेवी गाउँपालिकाको पकरबास–गोगनपानी–गाल्पा सडकको निर्माणकार्य तीव्र रूपमा अघि बढेको छ ।

कूल १० किलोमिटर लामो सो सडकको सिकारी डाँडादेखि घ्याङसिङ डाँडासम्मको भाग कालोपत्रे गर्ने काम सकिएको छ ।

अब घ्याङसिङडाँडादेखि गाल्पासम्मको सडक पिचको काम सुरु गर्ने अर्याल कन्स्ट्रक्सन सनका श्याम अर्यालले जानकारी दिए ।

अर्यालले कामको हिसाबले ४० प्रतिशत पिचको काम भएको र अन्य स्ट्रकचरको काम भने ६० प्रतिशत भन्दा बढी सम्पन्न भएको बताए । ‘अब सबै काम सकेर मात्र यहाँबाट हिँड्छौँ’, उनले भने ।

जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापका सबइञ्जिनियर महेन्द्र साहका अनुसार सिकारी डाँडादेखि गाउँपालिका कार्यालयसम्म ४२ सय मिटर सडक पिच भएको छ ।

दोस्रो चरणमा गाउँपालिका कार्यालयबाट ४ किलोमिटर सडक पिच गरिने छ भने त्यस पछि बाँकी २ किलोमिटर सडक पिच हुने छ । ‘यस आर्थिक वर्ष भित्र सबै काम सम्पन्न हुन्छ’, उनले भने ।

दिवार ओमबुद्ध÷अर्याल कन्स्ट्रक्सनले ४३ करोड रुपैँयामा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७८ सालमा सो सडकको ठेक्का सम्झौता गरेको थियो । बारम्बार म्याद थप गर्दा पनि सडकको कामले गति लिन सकेको थिएन ।

सडकको काम समयमा नगरेको भन्दै स्थानीय जनप्रतिनिधिहरूले यसअघि जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापमा तालाबन्दीसमेत गरेका थिए ।

पटक–पटक निर्माण व्यवसायीले काम अघि बढाउने सहमति जनाए पनि कामको प्रगति हुन सकेको थिएन । अहिले पिचको काम अघि बढेपछि भने स्थानीयमा काम हुने आशा पलाएको छ ।

यसबीच कामको गुणस्तरीयताको बारेमा प्रश्न उठेपछि बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले सो सडकको स्थलगत अनुगमन गरेका छन् । अनुगमनको क्रममा निर्माण व्यवसायी र प्राविधिकलाई गुणस्तरीय काम गर्न उनले निर्देशन दिए ।

यो समाचारमा

खाँडादेवी गाउँपालिकारामेछापकाठमाडौँबागमती प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...