प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

42
Share
Featured
  • फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक मतपत्रको छपाइ आजबाट सुरु, करिब २ करोड मतपत्र छापिने।
  • मतपत्रमा ५८ दलका चुनाव चिह्न रहने, प्रत्यक्षतर्फको मतपत्र भने उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि (माघ ९) छापिने।
  • आगामी निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ आज (शुक्रबार) देखि सुरु हुँदैछ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा नेपाली सेनाको कडा सुरक्षा घेराभित्र मतपत्र छपाइ हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार, समानुपातिकतर्फ करिब दुई करोड मतपत्र छापिनेछ । देशभरका लागि एकै प्रकारको हुने यो मतपत्रमा निर्वाचनमा भाग लिने दलहरूका ५८ वटा चुनाव चिह्न रहनेछन् ।

यसअघि आयोगले मतदाता शिक्षाका लागि १० लाख नमुना मतपत्र छपाइ सम्पन्न गरिसकेको छ ।

प्रत्यक्षतर्फको मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक-फरक हुने भएकाले माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै छपाइ सुरु गरिने आयोगले जनाएको छ । प्रत्यक्षतर्फ पनि करिब दुई करोड मतपत्र छापिनेछन् । आगामी निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् ।

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँनिर्वाचन आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...