प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस-एमाले गठबन्धनको गृहकार्य, तीन विकल्पमा छलफल

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

32
Share
Featured
  • प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने गृहकार्य गर्दै छन्।
  • तीन विकल्पमा छलफल: (१) १६४ सिट आधा–आधा बाँड्ने, (२) निश्चित विजेता सिटमा मित्रवत् प्रतिस्पर्धा, बाँकी सिट आधा–आधा बाँड्ने, (३) २०७९ जितेको दललाई सिट छाड्ने र बाँकी मत प्रतिशतअनुसार बाँड्ने।
  • कांग्रेसभित्र केही नेताहरू गठबन्धनको विरोध गर्दै आएका छन्; सहरी क्षेत्रमा रास्वपा, कर्णाली/सुदूरपश्चिममा नेकपा र मधेशमा अन्य दलसँग मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेका प्रमुख दलहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि सहकार्य गर्ने गरी गृहकार्य थालेका छन् । विशेषगरी नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच चुनावी गठबन्धनका लागि विभिन्न विकल्पमा छलफल सुरु भएको हो ।

'जेनजी' आन्दोलनपछि नयाँ शक्तिको उदयले परम्परागत दलहरूलाई एक ठाउँमा ल्याएको विश्लेषण भइरहेका बेला कांग्रेस सभापति शेर बहादुर देउबा र एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच निरन्तर संवाद भइरहेको छ ।

स्रोतका अनुसार, दुई नेताबीच तीन मुख्य विकल्पमा छलफल केन्द्रित छ:

  • पहिलो विकल्प: भक्तपुर-१ बाहेक १६४ सिटमा ८२/८२ सिट बाँडेर गठबन्धन गर्ने ।
  • दोस्रो विकल्प: कांग्रेस वा एमाले नै जित्ने निश्चित भएका सिटमा मित्रवत् प्रतिस्पर्धा गर्ने र बाँकी सिट आधा-आधा बाँड्ने ।
  • तेस्रो विकल्प: २०७९ को निर्वाचनमा जुन पार्टीले जितेको हो, त्यो सिट सोही पार्टीलाई छाड्ने र बाँकी सिट मत प्रतिशतका आधारमा भागबण्डा गर्ने ।

दुवै दलका नेताहरूले १६५ वटै निर्वाचन क्षेत्रको गहन अध्ययन गरी गठबन्धनको सम्भाव्यता खोजिरहेका छन् । यद्यपि, कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापाविश्वप्रकाश शर्मा लगायतका नेताहरूले एमालेसँगको गठबन्धनको विरोध गर्दै आएका छन् ।

दुई दलले सहरी क्षेत्रमा रास्वपा, कर्णाली र सुदूरपश्चिममा नेकपा तथा मधेशमा अन्य दलहरूसँग मुख्य प्रतिस्पर्धा हुने अनुमान गरेका छन् । राजधानी दैनिकबाट

यो समाचारमा

प्रतिनिधि सभाविश्वप्रकाश शर्मागगन थापाकाठमाडौँ
खड्गप्रसाद शर्मा ओली8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...