विशेष महाधिवेशन पक्षधरहरुले खारेज गरे केन्द्रीय कार्यालयको आदेश

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

47
Share
Featured
  • नेपाली कांग्रेसका दोस्रो विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालयको प्रतिनिधिहरू काठमाडौं नआउने निर्देशन खारेज गर्ने घोषणा गरे।
  • केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आदेशलाई विधानसम्मत तरिकाले मान्य नहुने बताउँदै विशेष महाधिवेशनको औचित्य कायम रहने बताए।\
  • उनले सदस्यहरूको सक्रियता देखेर केन्द्रीय कार्यालय आत्तिएको र पटक–पटक तर्साउने प्रयास जारी रहेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाली काँग्रेस दोस्रो विशेष महाधिवेशन पक्षधरहरुले काङ्ग्रेस केन्द्रीय कार्यालयले बुधबार केन्द्रीय प्रतिनिधिहरुलाई काठमाडौं नआउन जारी गरेको निर्देशनलाई खारेज गर्ने घोषणा गरेका छन् ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको निर्देशनलाई दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रुपमा खारेज गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए ।

उनले भने, ‘नेपाली काङ्ग्रेसको हिजो केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको जुन फरमान छ, त्यसलाई नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रुपमा खारेज गर्ने कुरा यही पत्रकार सम्मेलन मार्फत घोषणा गर्दछौ ।’

यस्तै, उनले विगतमा राजाले दिएको आदेश नमानेका हामी विधानसम्मत तरिकाले, विधानको पालना होस भन्दैगर्दा विशेष महाधिवेशनको औचित्य सकियो भन्ने त्यो आदेशलाई नमान्ने पनि बताए ।

उनले भने, ‘नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिवले जारी गरेको जुन फरमान वा आदेश छ पहिला राजाको समयमा त राजाले दिएको आदेश नमानेको आज विधानसम्मत तरिकाले, विधानको पालना होस भन्दै गर्दा विशेष महाधिवेशनको औचित्य सकियो भन्ने आदेशलाई हामी यहीबाट खारेज गर्छौ ।’

विशेष महाधिवेशनका सन्दर्भमा सदस्यहरुको क्रियाशीलता देखेर, आत्तिएर पटक पटक तर्साउन सकिन्छ भनेर वक्तव्यबाजी र विज्ञाप्तिबाजी भइरहेको भन्दै त्यसैको निरन्तरता स्वरुप आज पनि कार्यसम्पादन समितिको बैठक बोलाएको पनि उनको भनाई छ ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...