जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो : गृहमन्त्री अर्याल

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

37
Share
Featured
  • गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताको एजेण्डा सरकारको राजनीतिक रोडम्याप भएको र उनीहरूलाई महत्वपूर्ण स्टेकहोल्डर मान्दा सबैलाई लाभ हुने बताएका छन्।
  • सुशासन सुनिश्चित गर्न विधिको शासन अपरिहार्य भएको र विधि मिचेर गरिएको काम सुशासन मान्न नसकिने उनले बताए।
  • उनले आफ्नो प्राथमिकता देश जोगाउने र निर्वाचन सुरक्षित तथा निष्पक्ष सम्पन्न गराउने रहेको र गलत नियत नभएको स्पष्ट पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जेनजी पुस्तालाई एउटा महत्वपूर्ण स्टेक होल्डर मान्दा सबैलाई लाभ नै लाभ रहेको बताए ।

उनले भने,‘जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो । जेनजीका मुद्दा छलफल हुँदाखेरी जेनजी स्वतः यो छलफलको आदी हिस्सा हो । किनकी सरकारसँग जेनजीले सम्झौता गरेको छ । जेनजी पुस्तालाई एउटा महत्वपूर्ण स्टेक होल्डर मानेको अवस्थामा सबैलाई लाभ नै लाभ छ । त्यसकारण परिवर्तनलाई स्वीकारर्नुपर्छ अनि मात्र हिंसा दोहोरिदैन् ।’

त्यस्तै उनले विधिको शासन मिचेर गरेको काम सुशासन नुहने धारणा राखे । विधिको शासन मिचेर कसैले स्टन्ड गर्छ भने त्यसलाई सुशासन मान्न नसकिने उनको भनाई छ ।

‘विधिको शासन मिचेर गरेको काम सुशासन हुँदैन् । जेनजीको सपना सुशासन हो । सुशासनका लागि विधिको शासन अपरिहार्य छ । विधिको शासन मिचेर कसैले स्टन्ड गर्छ भने त्यो सुशासन होइन् । त्यसैले सुशासनको लागि सरकार लागेको हो । गृहमन्त्री त्यसैमा लागेको छ’उनले भने ।

उनले आफ्नो प्राथमिकता देश जोगाउने कुरामा रहेको बताउँदै सफा नियत हुँदाहुँदै पनि आफ्ना विषयमा बाहिर गलत धारणाहरु आएको गुनासो गरे ।

‘मेरो पहिलो प्राथमिकता देश जोगाउने हो । त्यसमा लाग्दा केही कुरा ढिलो भएछन् ,रेसपोन्स समयमा भएन भने त्यसलाई नराम्रो रुपमा नलिनुहोला । मेरो गलत नियत छैन् । म त बीचमा बोल्न पनि नपाउने भएको थिए । बोल्यो कि गलत अर्थ लगाउने काम भयो’उनले भने ।

निर्वाचन सुरक्षित र निष्पक्ष रुपमा सम्पन्न हुने उनको दाबी छ । मन्त्री अर्यालले पीडितको न्यायको लागि लडेर आएको मानिस आफू भएको कारण राजनीतिमा नजाने जानकारी गराए ।

यो समाचारमा

ओमप्रकाश अर्यालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...