निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ : मन्त्री सिन्हा

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

41
Share
Featured
  • मन्त्री अनिल कुमार सिन्हाले निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा नेपालले निकै ढिलाइ गरिसकेको बताएका छन्।
  • अब प्राथमिकता उपचारमा निर्भर नभई उत्पादनशीलता, लागत घटाउने र गुणस्तर सुधारमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।
  • छलफलबाट आएका सिफारिसहरूलाई सरकारको ठोस कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता अभिवृद्धिमा नेपालले ढिलाइ गरिसकेको बताएका छन् ।

बिहीबार आयोजित इयु–नेपाल व्यापार तथा लगानी संवाद कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता महत्त्वपूर्ण रहेको र यसको तयारीमा पहिले नै धेरै ढिलाइ गरिसकेको बताएका हुन् ।

उनले प्रस्तुतीकरणमा उठाइएका पाँच मुख्य बुँदामध्ये निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता सबैभन्दा महत्वपूर्ण भएको बताए । ‘मेरो आफ्नै विचारमा, हामीले यस विषयमा तयारी गर्न निकै ढिलाइ गरिसकेका छौं,’ उनले भने, ‘व्यापार लागत, रसद, नियामक अवरोधका विषयमा धेरै कुरा ग-यौं तर कार्यान्वयनमा सधैं पछाडि रह्यौं । अब युद्ध मोर्चाजस्तै ठोस कार्ययोजना आवश्यक छ ।’

मन्त्री सिन्हाले अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा प्राथमिकता क्षयको विषयमा पनि नेपालले गम्भीर तयारी गर्नुपर्नेमा जोड दिए । ‘हामी सधैं प्राथमिकता उपचार र राज्यको सहयोगमा निर्भर रहन सक्दैनौं । प्रतिस्पर्धी हुन उत्पादनशीलता बढाउन, लागत घटाउन र गुणस्तरीय उत्पादनमा केन्द्रित हुनुपर्छ,’ उनले बताए ।

उनले उत्पत्तिको नियम र आपूर्ति–पक्ष तयारीमा अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै सीमित समयभित्र ठोस रणनीति आवश्यक रहेको बताए ।

‘छलफल र विज्ञहरूको अनुभव आगामी दिनमा नेपाल सरकारका लागि मार्गदर्शक रणनीति बन्न सक्छ,’ उनले भने । लगानी वातावरण र निर्यात–केन्द्रित रणनीति को सन्दर्भमा मन्त्री सिन्हाले नीति र प्रक्रियागत स्पष्टताको अभाव रहेको स्वीकार गरे । उनका अनुसार प्रक्रियाहरू सरल बनाउने, अनावश्यक जटिलता हटाउने र स्पष्टता दिने प्रयासहरू अगाडि बढाइँदै छन् ।

मन्त्री सिन्हाले छलफलबाट प्राप्त सिफारिसहरूलाई सरकारका कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे । ‘समृद्धि फाउन्डेसनबाट प्राप्त सिफारिसहरूलाई देशको आर्थिक लाभ र उज्ज्वल भविष्यका लागि सम्बोधन गर्ने प्रयास हुनेछ,’ उनले भने ।

यो समाचारमा

अनिलकुमार सिन्हाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...