होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ ४ देखि

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

36
Share
Featured

काठमाडौँ

होटल फरेष्ट इन लिमिटेडले आगामी माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते अनुमति प्राप्त गरेअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । आईपीओमा आवेदन दिन धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गर्न सकिनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन सम्पन्न भएपछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने कम्पनीको योजना रहेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...