रास्वपाले उम्मेदवार छान्ने विधि फेर्दै, प्राइमरी इलेक्सन नहुने संकेत

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

43
Share
Featured
  • रास्वपा उम्मेदवार छनोट प्रक्रिया परिमार्जन गर्दैछ: पुरानो प्राइमरी इलेक्सन विधि नयाँ समूहहरू (बालेन शाह र उज्यालो नेपाल पार्टी) समेट्न उपयुक्त नभएको कारण परिवर्तन गर्न लागिएको छ।
  • नयाँ समूहहरूको सहभागिता सुनिश्चित: उज्यालो नेपालले प्रत्यक्षतर्फ ३०% सिट माग गरेको छ, तर पार्टीले जित्न सक्ने योग्य उम्मेदवारलाई प्राथमिकता दिने योजना बनाइरहेको छ।
  • उम्मेदवार दौडधुप सुरु: स्थानीय कमिटीले केही नेताहरू सिफारिस गरिसकेका छन् र प्रचारप्रसार सुरु भइसकेको छ; सभापति रवि लामिछानेले टिकट पक्का नभएसम्म उम्मेदवार घोषणा नगर्न आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आमनिर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विधि र प्रक्रिया परिवर्तन गर्ने भएको छ । पार्टीले यसअघि अपनाएको प्राइमरी इलेक्सन (प्रारम्भिक निर्वाचन) को मोडालिटीमा परिमार्जन गरिने भएको हो ।

पार्टीले उम्मेदवारीका लागि दरखास्त आह्वान गरे पनि छनोटको नयाँ विधिबारे नेताहरू अझै स्पष्ट भइसकेका छैनन् । हालै पार्टीमा एकीकृत भएका बालेन्द्र शाह (बालेन)को समूह र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीलाई समेत समेट्नुपर्ने भएकाले पुरानो विधिबाट उम्मेदवार छनोट गर्न सम्भव नभएको नेताहरूले बताएका छन् ।

रास्वपा सहमहामन्त्री विपिन आचार्यले एकता प्रक्रियामा आएका नयाँ समूहलाई समेत समेट्न विधि परिमार्जन गर्न लागिएको बताए । उज्यालो नेपालका नेताहरूले पनि प्राइमरी इलेक्सनको विधि आफूहरूको हकमा लागू नहुने र सहमतिमै उम्मेदवार छानिनुपर्ने अडान राखेका छन् । उज्यालो नेपालले प्रत्यक्षतर्फ ३० प्रतिशत सिट दाबी गरेको छ, तर रास्वपा नेताहरूले प्रतिशतमा भन्दा पनि जित्न सक्ने योग्य उम्मेदवारलाई प्राथमिकता दिइने बताएका छन् ।

प्राइमरी इलेक्सन नहुने संकेतसँगै रास्वपामा पनि अन्य दलहरूमा जस्तै टिकटका लागि आकांक्षीहरूको दौडधुप सुरु भएको छ । कतिपय नेताहरूलाई स्थानीय कमिटीले सिफारिस गर्न थालेका छन् भने केहीले आफ्नो क्षेत्रमा प्रचारप्रसार समेत थालिसकेका छन् । यद्यपि, पार्टी सभापति रवि लामिछानेले टिकट पक्का नभई आफूलाई उम्मेदवार घोषणा नगर्न आकांक्षीहरूलाई आग्रह गरेका छन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीबालेन्द्र शाह (बालेन)उज्यालो नेपाल पार्टीकुलमान घिसिङ
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...