मधेशमा शान्ति कायम गर्न गृहमन्त्रीको सक्रियता

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

44
Share
Featured
  • गृहमन्त्री ओमप्रकाश अर्यालले मधेशी र मुस्लिम आयोगका पदाधिकारीसँग भेटघाट गरी पछिल्ला साम्प्रदायिक घटनाक्रमबारे छलफल गरे।
  • धार्मिक सद्भाव कायम गर्न आयोगहरूको संयुक्त अपिलको प्रशंसा गर्दै शान्ति र सहिष्णुता कायममा सबैको भूमिकाको अपेक्षा व्यक्त।
  • अवैध गतिविधिमा संलग्नमाथि कारबाही र ७७ जिल्लामा जारी गृह मन्त्रालयको सद्भावसम्बन्धी निर्देशनलाई आयोगले स्वागत गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयीक विषयमा छलफल गरेका छन् ।

मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष मा. महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष मा. जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरुले स्वागत गरे ।

पछिल्ला दिनमा तराई मधेशका केहि जिल्लामा सतहमा देखिएका साम्प्रदायीक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रीत भएको हो ।

त्यस्तै संविधानले संवैधानिक निकायको रुपमा व्यवस्था गरेका दुवै आयोगहरुको काम, कर्तव्य, अधिकार, आयोगले भोगीरहेका समस्या तथा सरकारसँग आयोगका अपेक्षा लगायतका विषयमा पनि आयोगका पदाधिकारीहरुले मन्त्री अर्याललाई जानकारी गराए ।

छलफलको क्रममा मन्त्री अर्यालले धार्मिक सम्प्रदायबीच आपसी सद्भाव कायम गर्न मधेशी, थारु र मुस्लिम आयोगबाट जारी भएको संयुक्त अपिलको खुलेर प्रशंसा गरे । नागरिक समाजको पनि नागरिक समाजको रुपमा रहेका आयोगहरु तथा सबैको सहयोगमा पछिल्ला दिनमा देखिएका त्यस्ता समस्याहरु समाधान उन्मुख भएको भन्दै मन्त्री अर्यालले त्यस्ता घटना दोहोरिन नदिन तथा समाजमा शान्ति तथा सद्‍भाव कायम राख्‍ने सम्बन्धमा सबैको सकारात्मक भूमिकको अपेक्षा राखे ।

त्यस्तै पछिल्ला घटनाक्रमलाई समयमै सम्बोधन गरी सामाजिक सद्भाव कायम राख्ने सम्बन्धमा गृह मन्त्रालयले सक्रियता देखाई अवैध गतिविधिमा संलग्नलाई कारबाही, सरोकारवालासँग समन्वय बैठक, सद्भाव र्याली, चेकजाँच कडाइ, र शान्ति तथा सामाजिक सद्भाव समिति गठनलगायतका कार्यहरु गर्न गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जारी गरीएको सर्कुलरको आयोगका पदाधिकारीहरुले स्वागत गरे ।

गृह मन्त्री अर्यालले आयोगलाई आवश्यक सहयोग गर्न सरकार सधैँ तत्पर रहेको विश्वास दिलाउँदै कतिपय विषयहरुमा आयोगका तर्फबाट आवश्यकता अनुसार नेपाल सरकारलाई ध्यानाकर्षण तथा सल्लाह, सुझावको अपेक्षा समेत राखे ।

धार्मिक तथा सामाजिक सहिष्णुता खल्बल्याउन खोज्ने वा खल्बल्याउने जोसुकै उपर कानून बमोजिम कारवाही हुने बताउँदै मन्त्री अर्यालले विवेकको संरक्षकको रुपमा रहेका आयोगहरुले धार्मिक तथा सामाजिक सहिष्णुता कायम राख्ने सन्दर्भमा जनचेतना फैलाउने लगायतका कार्यहरु गरी यस्ता समस्याको दिर्घकालिन समाधानको लागि आयोगको तर्फबाट आवश्यक कार्यक्रमहरु गर्न अनुरोध समेत गरे ।

यो समाचारमा

ओमप्रकाश अर्यालकाठमाडौँललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...