कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण प्रतिनिधिहरूको सक्रिय सहभागिताको लागि आव्हान

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

41
Share
Featured
  • नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले २७–२८ गते काठमाडौंमा हुने विशेष केन्द्रीय महाधिवेशनमा सबै प्रतिनिधिको सहभागिता आग्रह गरे।
  • पार्टी विधानअनुसार केन्द्रीय महाधिवेशन सर्वोच्च निकाय भएकाले यसको निर्णय वैध हुने नेताहरूको भनाइ।
  • १५औँ महाधिवेशन समयमै हुन नसकेपछि विधानबमोजिम विशेष महाधिवेशन अनिवार्य विकल्प बनेको दाबी।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेस विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरुले २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको सहभागिताको लागि आग्रह गरेको छ ।

बुधबार नेपाली काँग्रेसको विशेष महाधिवेशन सम्बन्धमा आयोजित विशेष पत्रकार सम्मेलन गर्दै महाधिवेशन प्रतिनिधिहरुलाई सहभागिता हुन आग्रह गरेको हो ।

सोही क्रममा नेपाली काङ्ग्रेसका नेता सुवास पोखरेलले पार्टी विधानको धारा १५ ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय मानेको भन्दै यसले लिने हरेक निर्णयहरूले आफैंमा वैधता प्राप्त गर्ने बताए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विधानको धारा १७(१) अनुसार २०८२ मंसिरभित्रै १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्छ । यदि त्यो सम्भव नभए धारा १७(२) बमोजिम विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्नुपर्छ । यसैबीच पार्टीले २०६२ पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५औं महाधिवेशन सम्पन्न हुन सकेन । यस्तो अवस्थामा माग बमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको हो ।

यसअनुसार २०८२ पौष २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था छ । विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि नरहेको नेता खरेल बताउँछन् ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...