एमालेको एघारौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी सुनिता वराल को हुन् ?

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

33
Share
Featured
  • सुनिता वरालको राजनीतिक यात्रा गौरादहबाट सुरु भई अनेरास्ववियू हुँदै केन्द्रीय अध्यक्ष र एमाले केन्द्रीय सदस्यसम्म पुगेको।
  • एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य, समानुपातिक सांसद र संसदीय दलको सचेतकको जिम्मेवारी सफलतापूर्वक निर्वाह।
  • युवाको सहभागिता, शिक्षा सुधार र अन्तरपुस्ता समन्वयलाई प्राथमिकता दिने सशक्त महिला नेतृका रूपमा स्थापित।
समाचार सारांशGenerated using AI.


सुनिता बरालको राजनीतिक यात्रा झापा जिल्लाको गौरादहबाट सुरु भएको हो ।

उनले प्रारम्भिक शिक्षा गौरादहकै जनता माध्यमिक विद्यालयबाट प्राप्त गरिन् । विद्यालय जीवनमै विभिन्न गतिविधिमा सक्रिय रहँदै विद्यार्थी प्रतिनिधिका रूपमा सहभागिता जनाएकी वरालले कक्षा ११ र १२ को अध्ययन गौरादह बहुमुखी क्याम्पसबाट पूरा गरिन् । यही समयदेखि उनी अनेरास्ववियूको क्याम्पस कमिटीमा आबद्ध हुँदै संगठित विद्यार्थी राजनीतिमा सक्रिय भइन् ।

विद्यार्थी राजनीतिमा निरन्तर सक्रिय रहँदै वराल अनेरास्ववियूको केन्द्रीय अध्यक्षसम्म निर्वाचित भइन् । केन्द्रीय अध्यक्षको भूमिकामा रहँदा उनले लामो समयदेखि हुन नसकेको महाधिवेशन सम्पन्न गराई नेतृत्व हस्तान्तरण गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिन् । उनको नेतृत्व क्षमताको मूल्याङ्कनस्वरूप नेकपा एमालेको दशौँ महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइन् र एक कार्यकाल सफलतापूर्वक पूरा गरिन् ।

पार्टीको विश्वासका आधारमा सुनिता वराल समानुपातिक बन्द सूचीमार्फत संघीय सांसद बन्ने अवसर पाइन । सांसदका रूपमा मात्र नभई उनले नेकपा एमाले संसदीय दलको तर्फबाट सचेतकको जिम्मेवारीसमेत निर्वाह गरिन् । शैक्षिक रूपमा उनले विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पूरा गरेकी छन् । त्रिभुवन विश्वविद्यालय बाहिरको शैक्षिक पृष्ठभूमिबाट विकसित भएर अनेरास्ववियूको केन्द्रीय नेतृत्वमा पुग्ने उनी पहिलो नेतृका रूपमा परिचित छिन् ।

राजनीतिलाई पेशा नभई सेवा मान्ने वरालले महिलाका रूपमा नेतृत्वमा स्थापित हुन अनेक चुनौतीहरूको सामना गरिन् । पारिवारिक राजनीतिक पृष्ठभूमि नभए पनि अभिभावकको विश्वास र सहयोगले उनलाई निरन्तर अघि बढ्न प्रेरित गर्यो ।

अन्तरपुस्ता समन्वय, युवाहरूको राजनीतिक सहभागिता वृद्धि र शिक्षा क्षेत्रको सुधारलाई उनले आफ्नो मुख्य प्राथमिकता बनाएकी छन् । ११ औँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित सुनिता वराल आज नेकपा एमालेकी एक सशक्त, प्रतिबद्ध र भविष्यप्रति स्पष्ट दृष्टिकोण भएकी नेतृका रूपमा स्थापित छन् ।

यो समाचारमा

सुनिता बरालझापाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...