‘निसान पदमार्ग’ पुस २३ देखि २६ गतेसम्म हुँदै

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

36
Share
Featured


इलामका ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक गन्तव्यलाई एकै सूत्रमा बाँध्ने उद्देश्यसहित ‘निसान पदमार्ग’ यस वर्ष पनि आयोजना गरिने भएको छ ।

निसान पदमार्गमा यस वर्ष पनि चारदिने पदयात्रा आयोजना गरिएको हो । यसले जिल्लाको पदयात्रा तथा ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना थप्ने अपेक्षा गरिएको छ ।

पुस २३ देखि २६ गतेसम्म सञ्चालन हुने पदयात्रा सूर्योदय नगरपालिका–४ मेचीबजारबाट सुरु भई पूर्णेडाँडा, सुन्तले, माईजोगमाई गाउँपालिकाको हात्तीटार, माइबेनी हुँदै इलाम नगरपालिकाको माईस्थान मन्दिरमा समापन हुनेछ । ४१ किलोमिटर लामो उक्त पदमार्ग प्राकृतिक सौन्दर्य, गाउँजीवन र ऐतिहासिक स्थलसँग जोडिएको छ ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईका अनुसार पदमार्गले इलामलाई नयाँ पदयात्रा गन्तव्यका रूपमा चिनाउन सहयोग पु-याउनेछ । ‘यो पदमार्गले आन्तरिक तथा बाह्य पर्यटकलाई इलामतर्फ आकर्षित गर्ने विश्वास लिएका छौँ,’ उनले भने ।

नेपालभारत सीमासँग जोडिएको मेची नदीको मुहानदेखि माईस्थान मन्दिरसम्म फैलिएको यो मार्ग ऐतिहासिक महत्व बोकेको भए पनि पछिल्ला वर्षमा यसलाई पर्यटन पूर्वाधारका रूपमा विकास गर्न थालिएको छ । पदयात्राका क्रममा स्थानीय होमस्टे, कृषि उत्पादन र स्थानीय व्यवसायलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

पदयात्रामा नेपाली सेना, स्थानीय सरकार, पर्यटन व्यवसायी र सरोकारवालाको सहभागिता रहने छ ।

पदमार्गअन्तर्गत पर्ने विभिन्न स्थानमा स्थानीय जातजातिको सांस्कृतिक झाँकीसहित पदयात्रीको स्वागतको तयारी गरिएको छ । रणशार्दूल गणको पहल र तीन पालिकाको सहकार्यमा पहिचान गरिएको निसान पदमार्गलाई दीर्घकालीन पर्यटन उत्पादनका रूपमा विकास गर्ने तयारी भइरहेको जनाइएको छ । स्थानीय तहका अनुसार पदयात्राले इलामको ग्रामीण पर्यटन, आन्तरिक रोजगारी र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

यो समाचारमा

भारतनेपालइलामकाठमाडौँ
सूर्योदय नगरपालिका5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...