राष्ट्रियसभा निर्वाचनः एमालेले ६ उम्मेदवार टुंग्यायो, मधेशमा एक बाँकी

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

30
Share
Featured
  • नेकपा (एमाले)ले माघ ११ को राष्ट्रियसभा निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगायो, मधेश प्रदेशको एक सिट अझै बाँकी।
  • एमालेसहित कांग्रेस, माओवादी केन्द्र र जसपाबीच तालमेल भई एमालेले ७ सिट दाबी गरेको छ।
  • अध्यक्ष केपी शर्मा ओलीले सचिवालय छलफलपछि उम्मेदवार तय गरेका हुन्, आज मनोनयन दर्ता हुँदैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ।

एमाले, नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)जनता समाजवादी पार्टी, नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल भएको छ। सोही तालमेलअनुसार एमालेले सात सिटमा दाबी गरेको छ ।

एमालेले प्रदेशगत रूपमा कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट राम कुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी सचिवालयमा भएको छलफलपछि अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले उम्मेदवारहरूको नाम टुंगो लगाएका हुन्। मधेश प्रदेशबाट एक जनाको नामबारे भने छलफल जारी रहेको पार्टी स्रोतले जनाएको छ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम तय गरेको छ। आयोगका अनुसार आज बिहानदेखि दिउँसोसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिनेछ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँराम कुमारी झाँक्रीखड्गप्रसाद शर्मा ओली
लुम्बिनी प्रदेश12 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...