विशेष महाधिवेशन केन्द्रीय समितले आब्हान गर्नुपर्छ : डा.शेखर कोइराला

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

31
Share
Featured
  • कांग्रेस नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन केन्द्रीय समितिले सहमतिका आधारमा माघ ६ गतेपछि आह्वान गर्नुपर्ने बताए।
  • उनले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन कांग्रेसका लागि दीर्घकालीन रूपमा हानिकारक हुने भन्दै एक्लै चुनाव लड्नुपर्ने धारणा राखे।
  • ३० केन्द्रीय सदस्यहरूसँगको छलफलमा पार्टी विवाद समाधानका लागि मध्यमार्गी विकल्प खोज्न र विशेष महाधिवेशनलाई एकताको आधार बनाउन जोड दिइयो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका वरिष्ठ नेता डॉ. शेखर कोईरालाले बिशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपाति उम्मेद्वार टुंग्याउनु पर्नेछ । यसकारण बिशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए । उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।’

मंगलबार उनले आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा केन्द्रीय सदस्यहरुको समूहसँग छलफल गरेका थिए । उक्त भेटघाटमा डा.कोइरालाले सबैको मनोभावना सम्बोधन हुनेगरी केन्द्रीय समितिले बिशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसको लागिपरेका समेत बताए ।

उनले फरक प्रशंगमा उनले नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुने बताए । गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुइ चार सिट बढी आउँला तर समानुपातिका मत घट्ने र कांग्रेसलाई दिर्घकालिन हानी हुने बताए । आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनावमा जानुपर्ने कुरामा आफू स्पष्ट भएको बताए ।

भेटमा ३० जान केन्द्रीय सदस्यहरुको समूहको तर्फबाट बोल्दै केन्द्रीय सदस्य पुष्पा भुषालले पार्टीभित्र देखिएको विवाद समाधानका लागि शिर्ष नेताहरुसँग भेट गरेको बताइन् ।

उनले आफूहरु कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाएकाले समाधानका लागि सबैसँग पहल गरिरहेको बताइन । उनले मध्यमार्गी बाटो पहिल्याउन डां शेखर कोइरालालाई आग्रह समेत गरिन् ।

अधिकांश केन्द्रीय सदस्यहरुले बिशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रुपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्ने जोड दिएका थिए । पार्टीको संस्थापन र बिशेष महाधिवेशन पक्षधरको हठले पार्टी चरमा विवादमा फस्दै गएको बताए । उनले दुबै पक्षसँग समन्वय गरी मध्यमार्गी विकल्प पहिल्याउने डा.कोइरालालाई सामूहिक आग्रह गरेका थिए । छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत थिए ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसडॉ. शेखर कोईराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...