निषेधाज्ञाकै बीच वीरगञ्जमा झडप र प्रदर्शनः पत्रकारमाथि आक्रमण, तीनजना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

42
Share
Featured
  • निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन भएपछि वीरगञ्जका विभिन्न स्थानमा प्रहरी–प्रदर्शनकारीबीच झडप र अश्रुग्यास प्रहार।
  • प्रदर्शनको दृश्य खिचिरहेका पत्रकार श्रवण साहमाथि आक्रमण, नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथि गम्भीर हनन भएको ठहर।
  • सम्भावित तनाव नियन्त्रणका लागि संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा, प्रशासनद्वारा शान्ति र संयमता अपनाउन आग्रह।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वीरगञ्जमा प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप भएको छ । दुई समुदायबीचको विवादपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा जारी गरे पनि सोमबार अलखिया चोक र लाठ गल्ली चोक लगायतका क्षेत्रमा तनाव उत्पन्न भएको हो।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ। सोही क्रममा एक युवक घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। यता, मुर्ली चोकमा निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्न खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पत्रकारमाथि आक्रमण र महासंघको आपत्ति

प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा ’भोजपुरी टाइम्स दैनिक’का कार्यकारी सम्पादक श्रवण साहमाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका छन्। उनीहरूले साहको मोबाइल समेत खोसेको नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ।

महासंघका सचिव विजय कुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचार संकलनमा खटिएका पत्रकारमाथि गरिएको यस कार्यलाई प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने अधिकारको गम्भीर हनन भनिएको छ। महासंघले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सञ्चारकर्मीहरूलाई पनि संयमता अपनाउन अपिल गरेको छ।

सुरक्षा व्यवस्था कडा

विगत दुई दिनदेखि सामाजिक र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि बढेकाले वीरगञ्जका विभिन्न संवेदनशील क्षेत्रमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको छ। यद्यपि, घण्टाघर चोक, माइस्थान र बसपार्क क्षेत्रको जनजीवन भने सामान्य रहेको छ।

प्रशासनले सर्वसाधारणलाई कुनै पनि प्रकारको अफवाहमा नलाग्न, शान्ति र संयमता कायम राख्न तथा सुरक्षाकर्मीलाई सहयोग गर्न विशेष आग्रह गरेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...