रेशम उद्योगबाट देशको जीडीपीमा राम्रो आम्दानीको सम्भावना छ :अध्यक्ष पोखरेल

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

33
Share
Featured
  • २२ हजार हेक्टर जमिनमा किम्बु खेती र व्यवस्थित रेशम उत्पादन गरे देशको जीडीपीमा वार्षिक ५ खर्ब आम्दानी सम्भव हुने दाबी।
  • उच्च मूल्यको कृषि–औद्योगिक उत्पादन भए पनि नीति कमजोरी, लगानी अभाव र पुरानो प्रविधिका कारण नेपालमा रेशम उद्योग निष्क्रिय।
  • रेशम उद्योगले ग्रामीण रोजगारी, महिला–युवा नेतृत्व, आयात प्रतिस्थापन र निर्यात विविधीकरणमा रणनीतिक योगदान दिन सक्ने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ह्यान्डलूम फेब्रिक्स मेकर्स अफ नेपालका अध्यक्ष रोशन कुमार पोखरेलले रेशम उद्योगबाट देशको जीडीपीमा ५ खर्ब वार्षिक आम्दानी गर्न सकिने सम्भावना रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले २२ हजार हेक्टर जमिनमा किम्बु खेती गर्ने र त्यसलाई राम्रो तरिकाले व्यवस्थापन गर्ने हो भने देशले जीडीपीमा ५ खर्ब वार्षिक आम्दानी पाउने अनुसन्धानबाट देखिएको बताए ।

उनले भने, ‘नेपालमा रेशमको सम्भावना कस्तो छ भन्ने बारेमा छलफल गर्दा एकदमै धेरै सम्भावना देखिन्छ । यदि हामीले २२ हजार हेक्टर जमिनमा किम्बु खेती गर्ने हो र त्यसलाई राम्रो तरिकाले व्यवस्थापन गर्ने हो भने देशले जीडीपीमा ५ खर्ब वार्षिक आम्दानी पाउने देखिन्छ । हाम्रो अनुसन्धानबाट निस्किएको निष्कर्ष पनि यही हो ।’

रेशम विश्वव्यापी रूपमा उच्चतम मूल्यको कृषि–औद्योगिक उत्पादनहरू मध्ये एक रहेको भन्दै रेशम कपडा र पोशाक मार्फत वार्षिक रूपमा निकै फाइदा लिन सकिने पनि उनको भनाई छ ।

यस्तै उनले उपयुक्त भूमि, अनुकूल हावापानी, उपलब्ध श्रम र समृद्ध ह्यान्डलूम परम्पराका बाबजुद पनि नेपालमा आज रेशम उद्योग सक्रिय नभएको भन्दै खण्डित नीति, लगानीको अभाव, पुरानो प्रविधि र कमजोर बजार सम्बन्धका कारण देशले रेशम धागो र कपडा आयात गर्न बाध्य भएको बताए ।

साथै, उनले नेपाललाई ग्रामीण रोजगारी, युवा र महिला नेतृत्वको जीविकोपार्जन, आयात प्रतिस्थापन र निर्यात विविधीकरणको तत्काल आवश्यकता रहेको उल्लेख गर्दै रेशमले यी सबै प्राथमिकताहरूको रणनीतिक समाधान प्रदान गर्न सक्ने बताए ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...