‘भाईरल गोर्खे’को प्रचारप्रसार तिब्र, सौगात र सृष्टिले सुनाए अनुभव

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

32
Share
Featured
  • माघ १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘भाईरल गोर्खे’को प्रचारप्रसार तीव्र बनाइएको छ।
  • अभिनेता सौगात मल्लले गोठालोको भूमिकामा गोरखा प्रवद्र्धनसँग जोडिएको कथा रहेको बताएका छन्।
  • अभिनेत्री सृष्टि श्रेष्ठले टिकटक स्टारको फरक र रमाइलो भूमिकामा अभिनय गरेको बताएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

माघे संक्रान्ति अर्थात माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘भाईरल गोर्खे’ को प्रचारप्रसारलाई तिब्र बनाइएको छ ।

सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै मुख्य भूमिकामा रहेको अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले फिल्म र आफ्नो पात्रको बारेमा जानकारी गराएका हुन् ।

सोही क्रममा अभिनेता मल्लले फिल्ममा एउटा सामान्य गोठालोको कथा रहेको बताए । उनले फिल्ममा गोरखा जिल्लालाई प्रवद्र्धन गर्ने खालको विषयवस्तुहरु पनि राखिएको बताए ।

उनले भने, ‘मेरो भूमिका एउटा गोठालोको रुपमा छ । दिनभर गाईभैंसी चराउछ । गोरखालाई प्रवद्र्धन गर्ने खालको विषयवस्तु राखिएको छ । त्यसमा पृथ्वी नारायण शाह त झन् महत्वपूर्ण नै भइहाल्यो ।’

साथै, अभिनेत्री सृष्टि श्रेष्ठले कमेडी फिल्म गर्न मन लागिरहेको बेला सुहाउँदो फिल्मको कुरा आएको हुनाले अभिनय गरेको बताइन् ।

फिल्मको पात्र आफ्नो वास्तविक पात्रको उल्टो भएको र रमाइलो केही फरक गर्नको लागि पनि फिल्ममा जोडिएको उनको भनाई छ ।

‘म वास्तविक जीवनमा टिकटक खासै चलाउदिन । तर फिल्ममा भने म टिकटक स्टार नै छु । अलिक फरक भूमिकामा छु,’ उनले भनिन् ।

सामाजिक सञ्जालमा भाइरल बन्न उद्दत एक साधारण पात्रको कथा फिल्ममा समेटिएको छ । निगम श्रेष्ठ निर्देशित य फिल्ममा सौगात मल्ल र अभिनेत्री सृष्टिको मुख्य अभिनय छ ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्मित फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पबीको अभिनय छ ।

यो समाचारमा

सौगात मल्लकाठमाडौँराजाराम पौडेललक्ष्मी गिरी
सृष्टि श्रेष्ठ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...