धनकुटामा एमालेले गर्यो पूर्वमन्त्री राईको एकल सिफारिस

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

33
Share
Featured
  • नेकपा एमाले धनकुटाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राजेन्द्रकुमार राईलाई एकल उम्मेदवार सिफारिस गरेको छ।
  • जिल्ला कमिटीको विस्तारित बैठकले सबै पालिकाका नेता–कार्यकर्ताको भावना र युवाहरूको मनोभावनाअनुसार राईलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो।
  • अन्य आकांक्षीको धारणा सुनेपछि पार्टीको एकताका लागि सहमतिमा राईको नाम एकल रूपमा सिफारिस गरिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ ।

आइतबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले पार्टी नेता कार्यकर्ताहरूको भावना भूगोल र चाहना अनुसार युवाहरूको मनोभावना अनुसार राईलाई एकल उम्मेदवार बनाउने निर्णय लिएको अध्यक्ष शिव लिम्बुले जानकारी दिए ।

हालसम्मको छलफलमा जिल्लाका सबै पालिकाका नेता तथा कार्यकर्ताको भावनाअनुसार राईलाई एकल उम्मेदवार सिफारिस गर्ने गरी बैठकमा प्रस्ताव राखेका थिए सोही विषयमा लामो छलफल गरी एकल उम्मेदवार सिफारिस गरिएको अध्यक्ष लिम्बूको भनाइ छ ।

जिल्ला कमिटीका सबै उपस्थित कार्यकर्ताहरूले यो केवल व्यक्तिको मात्र चुनाव नभई सिङ्गो पार्टीको चुनाव भएकोले चुनाव जिताउन राजेन्द्रकुमार राईलाई नै उम्मेदवार बनाउनुपर्छ उनको नाम एकल रुपमा सिफारिस गरी पठाउनुपर्छ भन्ने पक्षमा रहेकाले आकांक्षी केही नेताहरूलाई सम्झाएर एकल निर्णय लिएको हो ।

एमालेमा केन्द्रीय सदस्य शकुन्तला बस्नेत प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङ लगायतका नेताहरु उम्मेदवारको आकांक्षी रहेका थिए । सबै आकांक्षीहरूको धारणा सुनेर सदस्यहरूको सुझावको आधारमा बैठकबाट पूर्वमन्त्री राईको एकल नाम सिफारिस गरिएको अध्यक्ष लिम्बुको भनाइ छ। राई यसअघि पनि प्रतिनिधिसभामा दुईपटक निर्वाचित भएका नेता हुन् ।

यो समाचारमा

काठमाडौँधनकुटाराजेन्द्र कुमार राईनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    Data is loading...

    Loading brands...

    Loading footer...