काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोली सम्मानित

Author

सजिलो पत्रिका

२०८२ पुस २०, आइतबार

56
Share
Featured

काठमाडौँ

काठमाडौँ महानगरपालिकाले राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीलाई सम्मान गरेको छ ।

आइतबार आयोजित विशेष समारोहमा टोलीलाई पहिलो महिला टि–२० दृष्टिविहीन विश्वकप क्रिकेट २०२५ मा उपविजेता बनेको अवसरमा सम्मान गरिएको हो । उक्त प्रतियोगिता कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना भएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडा अध्यक्ष रामकुमार केसीले खेलकुदमा समर्थन जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘हरेक खेलकुदलाई हामीले सहयोग गर्दै आइरहेका छौं । खेलाडीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता छ । हाम्रो महिला खेलाडीहरूले क्रिकेटमा धेरै प्रगति गरेका छन् र देशको प्रतिष्ठा बढाएका छन् । यसैले आज हामीले सम्मान गर्दै कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।’

समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह समेत उपस्थित थिए ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...