भेनेजुएलामाथिको अमेरिकी आक्रमण घोर अपराध हो : झलनाथ खनाल

Author

सजिलो पत्रिका

२०८२ पुस २०, आइतबार १५:५९

16
Share
Featured
  • झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणलाई सार्वभौमिकता उल्लङ्घन र राज्य आतंकवाद भन्दै कडा निन्दा।
  • तेल स्रोत कब्जाका लागि आक्रमण गरी राष्ट्रपति मादुरो र प्रथम महिलालाई अपहरण गरिएको आरोप।
  • मादुरोको सकुशल रिहाइको माग गर्दै विश्व समुदाय र संयुक्त राष्ट्रसंघलाई कडा कदम चाल्न आग्रह।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि संयुक्त राज्य अमेरिकाले गरेको आक्रमणको कडा निन्दा र भत्र्सना गरेका छन्।

उनले उक्त घटनालाई स्वतन्त्र राष्ट्रको सार्वभौमिकतामाथिको ठाडो उल्लङ्घन, अन्तर्राष्ट्रिय कानुनको खिल्ली र राज्य आतंकवादको उदाहरण भएको बताएका छन्।

जारी वक्तव्यमा खनालले अमेरिकी ट्रम्प प्रशासनअन्तर्गत डेल्टा फोर्सद्वारा करिब १५० लडाकु विमान प्रयोग गरी भेनेजुएलामाथि गरिएको आक्रमणमा सर्वसाधारण र सैनिकको ज्यान गएको, सैनिक संरचना ध्वस्त पारिएको तथा निर्वाचित राष्ट्रपति निकोलास मादुरो र प्रथम महिला सिलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरी अमेरिका लगिएको आरोप लगाएका छन्।

खनालका अनुसार भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेपको मुख्य कारण देशमा रहेको विश्वकै ठूलो तेल भण्डार हो। उनले तेल स्रोत कब्जा गर्ने अमेरिकी स्वार्थका अगाडि मादुरो सरकार बाधक बनेपछि ‘ड्रग ट्राफिकिङ’ को झुटो बहाना बनाएर आक्रमण र अपहरण गरिएको दाबी गरेका छन्।

‘यो केवल प्रभुत्ववादी दादागिरी मात्र होइन, अमेरिकी राज्य आतंकवाद हो,’ खनालले उल्लेख गरेका छन्।

उनले भेनेजुएलाका जनता साम्राज्यवादी आक्रमणविरुद्ध दृढ रूपमा उभिएको र विश्वका न्यायप्रेमी राष्ट्र, जनता तथा संयुक्त राष्ट्रसंघसमेत उक्त आक्रमणको विरोधमा रहेको उल्लेख गरेका छन्। अमेरिकाभित्रै पनि न्यायप्रेमी जनता सडक आन्दोलनमा उत्रिएको खनालको भनाइ छ।

पूर्वप्रधानमन्त्री खनालले नेपाली कम्युनिष्ट पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट अमेरिकी आक्रमणको पुनः घोर निन्दा गर्दै भेनेजुएलाका जनताको प्रतिरोधप्रति ऐक्यबद्धता प्रकट गरेका छन्। साथै उनले राष्ट्रपति मादुरो र प्रथम महिलाको सकुशल रिहाइको माग गर्दै संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई यस प्रकारका हिंसक आक्रमणविरुद्ध कडा कानुनी कारबाही गर्न आग्रह गरेका छन्।

साना र कमजोर राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता र विश्व शान्तिको रक्षा गर्न विश्व समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा खनालले जोड दिएका छन्।

यो समाचारमा

संयुक्त राज्य अमेरिकाझलनाथ खनालभेनेजुएलाकाठमाडौँ
नेपाली कम्युनिष्ट पार्टी4 more

ट्यागहरू

#नेपाली कम्युनिष्ट पार्टी#आक्रमण#अमेरिका#भेनेजुएला#घटना#झलनाथ खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    sajilo patrika

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा दृढ छ, दोषी आफ्नै कार्यकर्ता भए पनि कारबाही हुन्छ : रवि लामिछाने

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू