६ बुँदे सहमतिपछि डा. निकोलस भुसाल र हरिश विष्टको अनशन टुट्यो

Author

सजिलो पत्रिका

२०८२ पुस १९, शनिबार

28
Share
Featured
  • सरकार र डा. निकोलस भुसाल तथा हरिश विष्टबीच ६ बुँदे सम्झौता भएपछि ११औँ दिनको अनशन अन्त्य भएको छ, प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा जुस खुवाएर अनशन तोडाएकी हुन्।
  • सम्झौतामा जेन्जी आन्दोलनसम्बन्धी घटनामा दोषीमाथि कानुनी कारबाही, निर्दोषको रिहाइ, भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठन र संवैधानिक तथा शासकीय सुधारका विषय समेटिएका छन्।
  • साथै वैदेशिक मताधिकार सुनिश्चित गर्ने, संविधान संशोधन सुझाव आयोग गठन गर्ने र सहिद परिवार तथा घाइतेहरूको दीर्घकालीन आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता सरकारले गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेसँगै उनीहरूको ११औँ दिनको अनशन अन्त्य भएको छ।

शुक्रबार सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा अनशनरत डा. भुसाल र विष्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापछि प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा जुस खुवाउँदै दुवैको अनशन तोडाएकी छन्।

‘शान्ति, समृद्धि, सुशासन पहिला देश’ भन्ने मूल नारासहित अनशनरत उनीहरू र नेपाल सरकारबीच भएको सहमतिमा विभिन्न राजनीतिक, कानुनी र संरचनागत सुधारका विषय समेटिएका छन्।

सम्झौताअनुसार जेन्जी आन्दोलनका क्रममा भएका घटनाबारे पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित छानबिन आयोगको प्रतिवेदन प्राप्त भएको १५ दिनभित्र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ ।

त्यस्तै, आन्दोलनमा संलग्न भएकै कारण थुनामा रहेका, अनुसन्धान वा अभियोजन भोगिरहेका व्यक्तिहरूको हकमा गम्भीर अपराधमा संलग्न नरहेको पुष्टि भएमा एक महिनाभित्र मुद्दा फिर्ता र रिहाइ गरिने सहमति भएको छ।

सम्झौतामा राजनीतिक तथा नीतिगत भ्रष्टाचार नियन्त्रण गर्न १५ दिनभित्र कार्यादेश तयार गरी उच्चस्तरीय छानबिन आयोग गठन गर्ने उल्लेख छ। आयोगले सार्वजनिक पदधारीको सम्पत्ति छानबिन, दलीयकरण अन्त्य तथा प्रशासनिक पुनर्संरचनासम्बन्धी सिफारिस गर्नेछ।

यसैगरी, वैदेशिक मताधिकार सुनिश्चित गर्न आगामी निर्वाचनमा विदेशबाट मतदान गर्न सकिने प्रविधि विकास गर्ने प्रतिबद्धता सरकारले गरेको छ।

सम्झौतामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश सरकारको स्वरूपलगायत संवैधानिक तथा शासकीय सुधारका विषयमा अध्ययन गरी सुझाव दिन एक महिनाभित्र ‘संविधान संशोधन सुझाव आयोग’ गठन गरिने उल्लेख गरिएको छ।

साथै, आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवार तथा घाइतेहरूको शिक्षा, स्वास्थ्य र रोजगारीका दीर्घकालीन आवश्यकताहरू सरकारबाट सम्बोधन गरिने सहमति भएको छ।

सम्झौतापछि डा. निकोलस भुसाल र हरिश विष्टले अनशन अन्त्य गर्ने र सम्झौताका बुँदाहरू कार्यान्वयन गर्न सरकारसँग सहकार्य गर्ने जनाएका छन्।

सम्झौतापत्रमा आन्दोलनरत पक्षका तर्फबाट डा. निकोलस भुसाल र हरिश विष्ट तथा सरकारका तर्फबाट अजयभद्र खनालले हस्ताक्षर गरेका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...