सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन क्रियाशील छौं : सुनिता डंगोल

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

27
Share
Featured
  • काठमाडौं उपमहानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सार्वजनिक स्वास्थ्य प्रणाली सुदृढ बनाउने प्रयासमा निरन्तर काम भइरहेको बताइन्।
  • वडा–८ को रामघाट प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा एक्स–रे सेवा सुरु गरिएको छ, जसले बढी सेवाग्राहीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नेछ।
  • महानगरले वडा–वडामा सहकारी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्दै सबै नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन महानगर निरन्तर प्रयासरत रहेको बताएकी छन् ।

शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर–८ मा रहेको रामघाट प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा एक्स–रे मेसिनको उद्घाटन गर्दै उपप्रमुख डंगोलले सबै नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु महानगरको प्राथमिकता रहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘स्वास्थ्य सेवा छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित वडा–वडामा सहकारी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिरहेका छौं। कतिपय स्थानमा ठाउँको अभावका कारण भाडामा लिएर समेत सेवा दिइरहेका छौं, र त्यसको प्रभाव सकारात्मक देखिएको छ ।’

रामघाट प्राथमिक स्वास्थ्य सेवा केन्द्रको लामो इतिहास रहेको र यस क्षेत्रमा जनघनत्व तथा सेवाग्राहीको चाप अत्यधिक रहेको उल्लेख गर्दै उनले ती सेवाग्राहीलाई प्रभावकारी सेवा दिन आवश्यक सबै संरचना क्रमशः थप्दै लगिएको बताइन्।

‘रामघाट प्राथमिक सेवा केन्द्र जहाँ धेरै लामो इतिहास भएको पहिलेदेखिनै निरन्तर स्वास्थ्य सेवा दिइरहेको र त्यहाँ हुने चाप पनि एकदमै बढी र यो क्षेत्रमा जनघनत्व पनि एकमदै धेरै सेवाग्राहीहरु हुनुहुन्छ । ती सेवाग्राहीहरुलाई पनि प्रभावकारी ढङगबाट सेवा दिने पनि निरन्तररुपमा प्रयास गरिरहेका छौ,’ उनले भनिन् ।

स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आवश्यक सबै सेवा विस्तार गर्ने क्रममा एक्स–रे सेवा सुरु गरिएको उल्लेख गर्दै उनले यसबाट धेरै सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरिन्।

साथै, यस कदमले काठमाडौं महानगरपालिकाको सार्वजनिक स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा समेत व्यक्त गरिन्।

यो समाचारमा

सुनिता डंगोलकाठमाडौँ महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...