विपद् सम्बन्धी कानूनी र संरचनागत व्यवस्थाको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती हो : गृहमन्त्री

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

29
Share
Featured
  • गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प सुरक्षा दिवसलाई दीर्घकालीन जनचेतना र व्यवहार परिवर्तनमुखी अभियान बनाउनुपर्ने बताए।
  • उनले भवन संहिता कडाइका साथ कार्यान्वयन र स्थानीय तह, युवा तथा समुदायको सक्रिय सहभागितामा जोड दिए।
  • यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा तय गर्दै प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री सुशीला कार्कीलाई आमन्त्रण गर्ने निर्णय भयो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता शुक्रबार २८ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक सम्पन्न भएको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा यसका व्यस्थापनका पक्षमा कानूनी र संरचनागत व्यवस्थापनले मात्रै प्रयाप्त नहुने भएकोले यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई हामीले पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने, एक दिनको सचेतना फैलाएर सकिने कार्यक्रमका रूपमा सीमित गर्नु नहुने भन्दै मन्त्री अर्यालले भने, ‘यसलाई हामीले विद्यालय, अस्पताल, सरकारी कार्यालय, उद्योग तथा समुदायसम्म पुग्ने, भूकम्प सुरक्षित निर्माण, सुरक्षित बसोबास र सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने, दीर्घकालीन जनचेतना अभियानको रूपमा रूपान्तरण गर्दै लाग्नु पर्छ ।’

उनका अनुसार सरकारले पछिल्ला वर्षहरूमा भूकम्प तथा बहुविपद् जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण नीतिगत तथा संरचनात्मक पहलहरू गरेको छ ।

भूकम्प सुरक्षा दिवस राष्ट्रिय मूल समारोह समितिलाई स्पष्ट निर्देशन दिँदै मन्त्री अर्यालले भने, ‘हाम्रा कार्यक्रमहरु परिणाममुखी होस् भाषणमुखी होइन, व्यवहार परिवर्तनमा केन्द्रित होस् । विद्यालय र युवालाई केन्द्रमा राखियोस्, किनकि भोलिको सुरक्षित नेपाल आजका युवाबाटै निर्माण हुन्छ । स्थानीय तहको सक्रिय सहभागिता सुनिश्चित गरियोस् ।’

भूकम्पको पहिलो प्रतिकार्य स्थानीय तहबाटै सुरु हुनेभन्दै मन्त्री अर्यालले सुरक्षा निकाय र समुदायबीच कृत्रिम अभ्यास (मक ड्रिल) हरुलाई प्राथमिकता दिन निर्देशन दिए ।

भूकम्प र अन्य विपदबाट बच्न भवन संहिता कार्यान्वयनको सन्देश कडा रूपमा प्रवाह गर्न जरुरी रहेको र यसका कुनै खाले सम्झौता नगर्न पनि मन्त्री अर्यालेले निर्देशन दिए ।

भूकम्प सुरक्षा केवल सरकारको मात्र दायित्व नभएको बताउँदै यसका लागि निजी क्षेत्र, विकास साझेदार, सञ्चार माध्यम, नागरिक स्वयंको भूमिका पनि अहम् हुन्छ र सबैको साझा प्रयास बिना सुरक्षित नेपाल सम्भव नभएको मन्त्री अर्यालले बताए ।

गृहमन्त्री अर्यालले भने, ‘हाम्रा पूर्वतयारी तथा जोखिम न्यूनीकरणको प्रयत्नबाट हाम्रो जोखिमलाई धेरै कम गर्न सकिने भएकाले सुरक्षित, सक्षम र विपद् उत्थानशील नेपाल निर्माणतर्फको साझा संकल्पको खाँचो छ ।’

यस्तै, बैठकले यस वर्षको भूकम्प सुरक्षा दिवसको मूल नारा ‘सबै तहको सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल अवको जिम्मेवारी’ भन्ने तय गर्दै पारित गरिएको छ ।

यस्तै बैठकले माघ २ गते मनाइने मूल समारोहको कार्यकमको प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री सुशीला कार्कीलाई आमन्त्रण गर्ने प्रस्ताव बैठकले पारित गरेको छ ।

कुल ८० सदस्सीय हुने मूल समारोह समितिको बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव, काठमाडौँ महानगरपालिकाका उपप्रमुख ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल सेनाका सहायक रथी र विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाललितपुर महानगरपालिकाओमप्रकाश अर्यालकाठमाडौँ
राष्ट्रिय अनुसन्धान विभाग4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...