बाजुरामा बालविवाह मुद्धामा फरार र ज्यान मार्ने उद्योगमा फरार व्यक्ति पक्राउ

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

37
Share
Featured
  • बाजुरामा बालविवाह मुद्धामा ९ वर्षदेखि फरार हर्क बहादुर बडुवाल पक्राउ परेका छन्।
  • उनलाई ५ महिना ७ दिन कैद र १० हजार जरिवाना भुक्तानका लागि अदालतमा उपस्थित गराइएको छ।
  • ज्यान मार्ने उद्योगमा फरार दिल धामी पनि पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाजुरामा बालविवाह मुद्धामा फरार युवक सहित ज्यान मार्ने उद्योगमा फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बालविवाह मुद्धामा फरार रहेका जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ६ कोर्धका ३४ बर्षिय हर्क बहादुर बडुवाल रहेका छन् ।

वडुवाल ९ बर्षपछि पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको विशेष अप्रेसन टोलीले पक्राउ गरेको हो । जिल्ला अदालत बाजुराले २०७३ चैत्रमा बालविवाह मुद्धामा दोषी ठहर गरेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

जिल्ला अदालतले बडुवाललाई उक्त मुद्धामा ५ महिना ७ दिन कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो।त्यस पश्चात् उनी फरार रहेका थिए । पक्राउ परेका उनलाई कैद र जरिवाना भुक्तानका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

त्यस्तै ज्यान मार्ने उद्योगमा फरार बाजुराको त्रिवेणी नगरपालिका ५ का २२ बर्षिय दिल धामीलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अदालतबाट ३५ दिने पक्राउ पुर्जी जारी भएर फरार रहेका उनलाई पक्राउ गरि आवश्यक प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।

यो समाचारमा

बडिमालिका नगरपालिकाबाजुराकाठमाडौँत्रिवेणी नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...