नेप्से परिसूचक घटेर २६२०.९२ विन्दुमा, कारोबार रकम पनि खुम्चियो

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

29
Share
Featured

काठमाडौँ

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य बढेर बन्द भएको नेप्से यस दिन भने दोहोरो अंकले घटेको हो ।

बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ विन्दुमा झरेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स २.४३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले ओरालो लागेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३६ स्टकको ६४ हजार ४०७ पटकको कारोबारमार्फत ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँबराबरको १ करोड १ लाख ५३ हजार कित्ता शेयर किनबेच भएको छ ।

यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य १३४ रुपैयाँ ६० पैसा बढेर प्रतिकित्ता १ हजार ४८१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको हो ।

त्यसैगरी, एसवाई प्यानल नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ भने हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यता, ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईमूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । कम्पनीको बिहीबार २३ करोड ४१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यसपछि शिवम् सिमेन्ट्सको करिब १४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये बिहीबार १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । ‘अन्य’ उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०९ प्रतिशतले घटेको छ ।

यो समाचारमा

काठमाडौँनेपाल स्टक एक्सचेन्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...