जेनजी आन्दोलनको मानवीय क्षति पीडायुक्त घाउ बनेर सँधै रहिरहने छ : प्रधानमन्त्री कार्की

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

36
Share
Featured
  • प्रधानमन्त्री शुसीला कार्कीले राजनीतिक दल र युवाहरूसँगको निरन्तर संवादका आधारमा आगामी फागुन २१ गतेको निर्वाचन तोकिएकै समयमा हुने दाबी गरिन्।
  • राजनीतिक परिवर्तनले नागरिकको जीविका, रोजगारी र न्यायपूर्ण व्यवहारमा अपेक्षित सुधार गर्न नसक्दा निराशा बढेर जेनजी आन्दोलनको रूप लिएको उनको भनाइ छ।
  • जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षति कहिल्यै पूर्ति गर्न नसकिने गहिरो पीडायुक्त घाउ बनेर रहने बताउँदै उनले निजी क्षेत्रले चुनौतीका बीच पनि उच्च मनोबलका साथ काम गरेको प्रशंसा गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन तोकिएको समयमै हुने दाबी गरेकी छिन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा सरकार पुगेको बताइन् ।

उनले भनिन्,‘फागुन २१ गते निर्वाचन गर्नेगरी यो सरकार गठन भएको सबैलाई जानकार नै छ । सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा हामी पुगेका छौं ।’

त्यस्तै उनले नेपालको राजनीतिक परिवर्तनले समानुकुल आम नागरिकको जीविका सुधार र व्यवहार पनि न्यायपूर्ण गर्न नसक्दा त्यो निराशा र वितृष्णाको विष्फोटक जेनजी आन्दोलन बन्न पुगेको बताइन् ।

आन्दोलनको क्रममा भएको मानवीय क्षतिको मूल्य एकीन गर्न नसकिने भन्दै उनले एउटा गहिरो पीडायुक्त घाउ बनेर सँधै रहिरहने धारणा राखिन् ।

उनले भनिन्,‘नेपालको राजनीतिक परिवर्तनले समानुकुल आम नागरिकको जीविका सुधार गर्न सकेन, रोजगारीको अवसर पर्याप्त भएनन् । हाम्रा आचरण र व्यवहारमा पनि न्यायपूर्ण हुन सकेन । नागरिकमा निराशा र वितृष्णाको तह विष्फोटक बन्न पुग्यो । भदौं २३ र २४ गतेको जेन–जी आन्दोलन “नेपो किड” भयो । आन्दोलनको क्रममा भएको मानवीय क्षतिको न कहिल्यै पूर्ताल हुन सक्छ । न त त्यसको मूल्य नै यकीन गर्न सकिन्छ । यो एउटा गहिरो पीडायुक्त घाउ बनेर सँधै रहिरहने छ ।’

त्यस्तै प्रधानमन्त्री कार्कीले विभिन्न चुनौतीको सामना गर्दै निजी क्षेत्रले उच्च मनोबलकासाथ अगाडि बढेको भन्दै प्रशंसा समेत गरिन् ।

यो समाचारमा

काठमाडौँसुशीला कार्कीजेन–जी आन्दोलन “नेपो किड”नेपाल
नेपाल उद्योग वाणिज्य महासंघ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...