जेनजी आन्दोलनपछिको तीन महिना मेरो लागि तीन दशक बराबर : रक्षा बम

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

36
Share
Featured
  • नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले जेनजी आन्दोलनपछिका पछिल्ला तीन महिना आफ्नो जीवनका लागि तीन दशक बराबरको अनुभव जस्तै भएको बताइन्।\
  • आन्दोलनका कारण जानी–नजानी राजनीतिक परिवेशमा प्रवेश गर्नुपरेको र विभिन्न राजनीतिक घटनाक्रममा सहभागी हुँदै धेरै कुरा सिक्न पाएको उनको भनाइ छ।
  • शान्ति, समृद्धि र सुखी नेपाली सबैको साझा आकांक्षा भए पनि देशमा भ्रष्टाचार र कुशासन किन व्याप्त छ भन्ने विषयमा गम्भीर आत्ममूल्यांकन आवश्यक रहेको उनले जोड दिइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले पछिल्ला तीन महिना आफ्नो जीवनका लागि तीन दशक बराबरको अनुभव जस्तै भएको बताएकी छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै संयोजक बमले जेनजी आन्दोलनपछि जानी–नजानी आफूहरू राजनीतिक परिवेशमा प्रवेश गर्नुपरेको उल्लेख गरिन् ।

उनले विभिन्न राजनीतिक घटनाक्रममा आफ्नो सहभागिता देखिएको भन्दै ती अनुभवबाट धेरै कुरा सिक्न पाएको अनुभूति व्यक्त गरिन् ।

उनले भनिन्, ‘मलाई यो तीन महिना तीन दशक जस्तो महशुस भएको छ । जानी नजानी आन्दोलनले गर्दाखेरी हामी एउटा राजनीतिक परिवेशमा आउनु परेको छ । राजनीतिक धेरै घटनाक्रममा हाम्रो सहभागिता रहेको देखिएको छ । त्यसैले यो तीन महिना मेरो लागि तीन दशक हो । सिक्नुपर्ने कुराहरु सिके जस्तो मलाई महशुस हुन्छ । जिन्दगी भनेको साझा धरातलहरु खोज्ने र त्यसैलाई सन्तुलन गर्दै जाने रहेछ ।’

कार्यक्रममा उनले देशमा शान्ति, समृद्धि र सुखी नेपालीको चाहना सबैको साझा आकांक्षा भएको बताइन् । देश भ्रष्टाचारमुक्त हुनुपर्ने, भ्रष्टाचार निषेध हुनुपर्ने र सुशासन स्थापित हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले यो चाहना देशका सबै सरोकारवालाको भएको उल्लेख गरिन् ।

तर यति हुँदाहुँदै पनि देशमा भ्रष्टाचार र कुशासन व्याप्त रहेको भन्दै उनले यसको कारणबारे गम्भीर आत्ममूल्यांकन आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘देशमा शान्ति, समृद्धि, सुखी नेपालीको चाहना सबैको साझा आकांक्षा हो । देश भ्रष्टाचार मुक्त हुनुपर्छ, भ्रष्टाचार निषेध हुनुपर्छ र सुशासन आउनुपर्छ भन्ने चाहना हो । देशका हरेक साझेदारहरुको चाहना यही हो । यो हुँदै गर्दा पनि देशमा भ्रष्टाचार व्याप्त छ, कुशासन किन छ भन्ने मुख्य प्रश्न हो । देशमा किन भ्रष्टाचार छ त यो आफैंलाई प्रश्न गर्नुपर्ने छ ।’

यो समाचारमा

काठमाडौँनेपाल उद्योग वाणिज्य महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अन्तरिम आदेशको गलत व्याख्या गरेको भन्दै सम्पत्ति आयोगविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । सम्पत्ति जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यहरूले सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लंघन गरेको उल्लेख गर्दै अदालतको अवहेलना निवेदन दर्ता भएको छ ।अधिवक्ता डा. प्रेमराज सिलवालले यही असार २६ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले गरेको आदेशको पूरै प्रतिकूल हुनेगरी सम्पत्ति छानबिन आयोगले यही असार

    Data is loading...

    Loading brands...

    Loading footer...