लागू औषधसहित एक व्यक्ति नियन्त्रणमा, इन्स्पेक्टर राजु के.सी.को नेतृत्वमा ठूलो सफलता

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

34
Share
Featured
  • कमलामाई नगरपालिका–९ भिमान चेकपोष्टमा प्रहरीले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
  • बा ५ ख १९६७ नम्बरको हायसबाट मोरङ विराटनगरका करिब ३४ वर्षीय महम्मद समसिरको साथबाट १९५.५९० ग्राम शुद्ध तौलको लागू औषध जस्तो पदार्थ बरामद गरिएको छ।
  • इलाका प्रहरी कार्यालय भिमान र लागू औषध नियन्त्रण ब्युरो बर्दिबासको संयुक्त टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कमलामाई नगरपालिका–९ भिमान चेकपोष्टस्थित वि.पी. राजमार्गमा लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले ठूलो मात्रामा खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

मंगलबार दिउँसो ३ः३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त सफलता हासिल गरेको हो।

चेकिङ टोलीको नेतृत्व इलाका प्रहरी कार्यालय भिमानका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु के.सी. खत्री तथा लागू औषध नियन्त्रण ब्युरो बर्दिबासका प्र.ना.नि. सरोज कुमार अधिकारीले गर्नुभएको थियो।

काठमाडौंबाट राजविराजतर्फ जाँदै गरेको बा ५ ख १९६७ नम्बरको हायस गाडीलाई चेकजाँच गर्दा अन्तिम सिटमा सवार जिल्ला मोरङ विराटनगर महानगरपालिका–५ बस्ने वर्ष अन्दाजी ३४ का महम्मद समसिरलाई शंकाको आधारमा खानतलासी लिइएको थियो।

खानतलासीका क्रममा निजले लगाएको निलो जिन्स पाइन्टको अगाडिको दायाँ गोजीभित्र सेतो रङका दुई वटा प्लास्टिकमा प्याक गरी लुकाई–छिपाई ल्याएको खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

मान्यता प्राप्त तराजुमा तौल गर्दा उक्त पदार्थ प्लास्टिकसहित २०१.६९० ग्राम र प्लास्टिकबाहेक शुद्ध तौल १९५.५९० ग्राम रहेको पुष्टि भएको छ। त्यसपछि निजलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

इन्स्पेक्टर राजु के.सी. खत्री यसअघि इलाका प्रहरी कार्यालय गोलबजारको प्रमुखको रूपमा कार्यरत रहँदा पनि लागू औषध नियन्त्रणमा कडा कदम चाल्दै धेरै अभियुक्तलाई पक्राउ गरी प्रशंसनीय भूमिका निर्वाह गरेका थिए । उनको सक्रियता, कडाइ र निरन्तर अनुगमनका कारण लागू औषध कारोबार नियन्त्रणमा प्रहरी सफल हुँदै आएको स्थानीयवासीहरूको भनाइ छ।

प्रहरीले लागू औषधविरुद्धको अभियान अझ प्रभावकारी बनाउँदै लैजाने र यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।

यो समाचारमा

कमलामाई नगरपालिकाविराटनगर महानगरपालिकाकाठमाडौँमोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...