राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ-डा. शेखर कोइराला

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

22
Share
Featured
  • डा. शेखर कोइरालाले बदलिँदो विश्व राजनीति र आन्तरिक चुनौतीबीच बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।
  • राष्ट्रिय एकता र मेलमिलाप अब नेपाली कांग्रेसको मात्र नभई सम्पूर्ण नेपालीहरूको साझा जिम्मेवारी भएको र सबैले जागरुकता र ऐक्यबद्धता देखाउन आवश्यक रहेको औँल्याए।
  • कांग्रेसभित्रको एकता नै राष्ट्रिय एकताको आधार भएकाले आन्तरिक विवाद र व्यक्तिगत महत्वाकांक्षा त्यागेर आगामी निर्वाचनमा एकताबद्ध रूपमा अघि बढ्नुपर्ने चेतावनी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाली काँग्रेसका नेता डॉ. शेखर कोईरालाले बदलिँदो विश्व राजनीति र आन्तरिक चुनौतीकाबीच बिश्वेश्वर प्रसाद कोइरालाको राष्ट्रिय मेलमिलाप नीति अझ सान्दर्भिक बनेको बताएका छन्।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा जारी सन्देशमा नेता कोइरालाले आजभन्दा पाँच दशकअघि विश्व महाशक्तिहरूको द्वन्द्व र दबाबबीच नेपालजस्तो संवेदनशील भू–राजनीतिक अवस्थाको देशलाई सुरक्षित राख्न बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।

उनले आज फेरि विश्व राजनीति महाशक्तिहरूको स्वार्थ र दबाबतर्फ उन्मुख भइरहेको भन्दै यस्तो अवस्थामा बीपीको विचारलाई मन, वचन र कर्मले आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए ।


राष्ट्रिय एकता र मेलमिलाप अब नेपाली कांग्रेसको मात्र विषय नभई सम्पूर्ण सार्वभौम नेपालीको साझा जिम्मेवारी भएको उनको भनाइ छ।

‘राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको प्रष्ट छ । राष्ट्रिय एकता र मेलमिलापको लागि आज सत्ता राजनीति भन्दा माथी सार्वभौम सम्पुर्ण नेपालीहरुको जागरुक सतर्कता सहित ऐक्यवद्धताको खाँचो रहेको छ,’ उनले लेखेका छन् ।

कांग्रेसभित्रको एकता नै राष्ट्रिय एकताको पहिलो खुड्किलो भएको उल्लेख गर्दै उनले आन्तरिक विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा त्यागेर भावी राष्ट्रिय निर्वाचनमा एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताए। जनताको विश्वास गुमे कांग्रेसको सान्दर्भिकता नै संकटमा पर्ने चेतावनी पनि उनले दिएका छन्।

यो समाचारमा

बिश्वेश्वर प्रसाद कोइरालाकाठमाडौँनेपाली काँग्रेसडॉ. शेखर कोईराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...