रुस–युक्रेन शान्ति वार्ता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

17
Share
Featured
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन शान्ति वार्ता अन्तिम चरणमा पुगेको बताए र अब वा त युद्ध समाप्त हुनेछ वा लामो समयसम्म जारी रहने चेतावनी दिए।
  • ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्तिप्रति गम्भीर छन् र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पनि सहकार्य रहेको छ; सम्भावित शान्ति सम्झौताको खाका तयार भइसकेको र सबै पक्षका लागि लाभदायक हुने दाबी गरे।
  • शान्ति प्रक्रियामा बलियो सुरक्षा व्यवस्था हुनेछ, युरोपेली राष्ट्रहरू पनि सक्रिय रूपमा संलग्न हुनेछन्, तर सम्झौताको लागि कुनै निश्चित समयसीमा तोकिएको छैन; ट्रम्पको मुख्य उद्देश्य युद्ध अन्त्य गर्नु रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले रूसयुक्रेनबीचको शान्ति वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार फ्लोरिडाको मार–ए–लागोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता सुरु गर्दै ट्रम्पले अब युद्ध समाप्त हुने वा लामो समयसम्म जारी रहनेमध्ये एक अवस्था आउने स्पष्ट पारे ।

ट्रम्पका अनुसार यदि अहिले शान्ति सम्झौता हुन सकेन भने युद्ध लामो समयसम्म चल्न सक्ने र अझै लाखौँ मानिसको ज्यान जाने खतरा रहेको छ। “हामी अन्तिम चरणको वार्तामा छौँ । या त युद्ध समाप्त हुन्छ, नभए यो धेरै समयसम्म चल्छ, जुन कसैले चाहँदैन,” ट्रम्पले भने ।

बन्द कक्षमा हुने वार्ता सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले यसपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्तिप्रति गम्भीर रहेको विश्वास व्यक्त गरे । जेलेन्स्कीसँग भेटअघि ट्रम्पले पुटिनसँग करिब एक घण्टा १५ मिनेट लामो टेलिफोन वार्ता गरेका थिए, जसलाई उनले “धेरै फलदायी” भनेका छन् ।

“म विश्वास गर्छु कि पुटिन र जेलेन्स्की दुवै शान्ति सम्झौता चाहन्छन् । धेरै मानिसको ज्यान गइसकेको छ, र अब सम्झौता आवश्यक छ,” ट्रम्पले भने । ट्रम्पले सम्भावित शान्ति सम्झौताका खाका तयार भइसकेको दाबी गर्दै उक्त सम्झौता युक्रेनसहित सबै पक्षका लागि लाभदायक हुने बताए। “हामीसँग सम्झौताका आधारहरू छन् । यो युक्रेनका लागि राम्रो छ, सबैका लागि राम्रो छ । यो सबैभन्दा कठिन युद्ध समाधान हो, तर हामी यसलाई सफल बनाउनेछौँ,” उनले भने ।

यस वर्ष तेस्रो पटक अमेरिका भ्रमणमा आएका जेलेन्स्कीको प्रशंसा गर्दै ट्रम्पले उनलाई साहसी नेता र युक्रेनी जनतालाई बहादुर भने । “युक्रेनी जनताले भोगेको पीडा अत्यन्तै दुर्लभ छ,” ट्रम्पले टिप्पणी गरे । ट्रम्पले भेटपछि फेरि राष्ट्रपति पुटिनसँग सम्पर्क गरी वार्ता निरन्तरता दिने पनि बताए । यद्यपि उनले शान्ति सम्झौताका लागि कुनै समयसीमा तोकिएको छैन भने । “मेरो एउटै लक्ष्य छ, युद्ध अन्त्य गर्नु,” उनले स्पष्ट पारे ।

उनका अनुसार शान्ति प्रक्रियामा बलियो सुरक्षा सम्झौता हुनेछ र युरोपेली राष्ट्रहरू पनि सक्रिय रूपमा संलग्न हुनेछन् । यो भेट रुसले युक्रेनको राजधानी कीभमा गरेको ठूलो आक्रमणपछि भएको हो, जसमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन् ।

मार–ए–लागोमा आयोजित रात्रिभोजमा राष्ट्रपति ट्रम्पसँगै उनका विदेश दूत स्टिभ विटकोफ, विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेगसेथ, संयुक्त सेनाका प्रमुख ड्यान केन, ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरू तथा ट्रम्पका ज्वाइँ जारेड कुशनरलगायत सहभागी थिए ।

यो समाचारमा

भोलोदिमिर जेलेन्स्कीयुक्रेनडोनाल्ड जोन ट्रम्पकाठमाडौँ
रूस4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...