रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

16
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भएको ‘बृहत एकता’ सम्बन्धी सहमति केन्द्रीय समितिबाट अनुमोदन भएको छ।

आइतबार पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको रास्वपाको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिमाथि विस्तृत छलफल गरी ऐतिहासिक सहमति अनुमोदन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समितिको बैठकले राष्ट्रहितका लागि आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने यो सहमतिले मुलुकमा व्याप्त भ्रष्टाचार, वेथिति र कुशासनको अन्त्य गर्दै सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्याय स्थापना गर्ने दिशामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । बैठकले बृहत एकता सम्बन्धी सहमतिको सम्मानपूर्वक पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ महानगरपालिकाबालेन्द्र शाह (बालेन)
रवि लामिछाने4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...