बालेनसँगको सहमतिपछि रविको सन्देश: 'सहमति देशका लागि हुनुपर्छ'

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार

18
Share
Featured
  • रास्वपा सभापति रवि लामिछानेले बालेन शाहसँगको सहमतिपछि “सहमति नेताको चाहनाअनुसार होइन, देशको आवश्यकताअनुसार हुनुपर्छ” भन्दै धारणा सार्वजनिक गरेका छन्।
  • ७ बुँदे सहमतिअनुसार पार्टीको नेतृत्व लामिछानेले गर्ने र निर्वाचनपछि बालेन शाह प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएको छ।
  • बालेन शाहले रास्वपाको नाम, चुनाव चिह्न (घण्टी) र नेतृत्व संरचना स्वीकार गर्दै प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता हुनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सहमति नेताले खोजेको जस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग ७ बुँदे सहमति गरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

आइतबार बिहान फेसबुकमा शाहसँगको तस्बिर राख्दै लामिछानेले लेखेका छन्, "सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।"

सहमतिअनुसार, पार्टीको नेतृत्व रवि लामिछानेले गर्नेछन् भने आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिनेछ । शाहले रास्वपाको नाम, चुनाव चिह्न (घण्टी) र नेतृत्व स्वीकार गरेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनपछि उनी संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन् ।


यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ महानगरपालिकारवि लामिछानेबालेन्द्र शाह (बालेन)
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...