देउवाले मागे समानुपातिक सूची बुझाउने म्याद थप, प्रचण्डको समर्थन

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार

13
Share
Featured
  • नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय ५ दिन थप्न आग्रह गरेका छन्।
  • उम्मेदवार छनोटमा समस्या देखिएको भन्दै प्रस्ताव गरिएको यस मागमा प्रचण्डले समर्थन जनाएका छन्।
  • तर प्रधानमन्त्री सुशीला कार्की र सरकार पक्षले निर्णय निर्वाचन आयोगको अधिकार भएको स्पष्ट पार्दै हालको पुस १५ को समयसीमा यथावत् रहेको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय ५ दिन थप गर्न आग्रह गरेका छन् । शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको शीर्ष नेताहरूको बैठकमा देउवाले यस्तो आग्रह गरेका हुन् ।

पार्टीभित्र उम्मेदवार छनोटमा समस्या देखिएको भन्दै देउवाले समय थपको प्रस्ताव राखेका थिए । उनको प्रस्तावमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सहमति जनाएका थिए ।

तर, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री जगदीश खरेलले भने यो विषयमा सरकारले निर्णय गर्न नमिल्ने र निर्वाचन आयोग नै यसबारे निर्णय गर्न स्वतन्त्र रहेको जवाफ दिएका थिए । उनीहरूले यसअघि पनि आयोगले समय बढाउन नसकिने स्पष्ट पारिसकेको स्मरण गराएका थिए ।

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि आगामी पुस १५ गतेसम्मको समयसीमा तोकेको छ ।

यो समाचारमा

पुष्पकमल दाहालशेर बहादुर देउबासुशीला कार्कीजगदीश खरेल
नेपाली कम्युनिष्ट पार्टी6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...